मुख्य समाचार
भरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च
भरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च

। भरतपुर महानगरपालिकाले चालु आ. व. २०८२/०८३ को ११ महिनामा जम्मा ३७.५४ प्रतिशत मात्रै पूँजीगत खर्च गर्न सकेको छ ।

महागनरको कुल बजेट ५ अर्व २२ करोड ३१ लाख ७९ हजारमध्ये पूँजीगततर्फ विनियोजन गरिएको २ अर्व ६२ करोड ७६ लाख १६ हजार ३१९ रूपैया मध्ये जेठ मसान्तसम्म ९८ करोड ६३ लाख ३९ हजार ४५० रूपैया अर्थात ३७.५४ प्रतिशत मात्रै खर्च भएको छ ।

यस्तैं, चालु शीर्षकमा विनियोजन गरिएको २ अर्व ६० करोड १६ लाख १२ हजार ६८१ रूपैया मध्ये जेठ मसान्तसम्म १ अर्व ८३ करोड ५० लाख ३६ हजार १८५ रूपैया अर्थात ७०.५३ प्रतिशत खर्च भएको छ ।

चालु र पूँजिगत गरी महानगरले जम्मा २ अर्व ८२ करोड १३ लाख ७५ हजार ६३५ अर्थात ५३.९४ प्रतिशत मात्रै खर्च गर्न सकेको छ । रहेको अवस्था छ ।

महानगरपालिकाले आन्तरिक आम्दानीतर्फ १ अर्ब ८० करोड राजश्ज संकलन गर्ने लक्ष्य राखेकोमा २०८३ जेष्ठ मसान्तसम्म १ अर्व २५ करोड ६७ लाख अर्थात ६९.४४ प्रतिशत राजश्व संकलन गरेको छ ।

महानगरपले २०८३ असार मसान्तसम्म आन्तरिक आम्दानीतर्फ घरजग्गा रजिष्ट्रेसन शुल्कसमेत गरी करिब. १ अर्व ५० करोड आम्दानी हुने अपेक्षा राखेको छ । यस्तै, चालु खर्च करिब २ अर्व १५ करोड र पूँजीगततर्फ करीब १ अर्व ४५ करोड खर्च हुने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्ष महानगरले आन्तरिक आयबाट २ अर्ब १७ करोड ७३ लाख रुपैयाँ राजश्ज संकलन गर्ने लक्ष्य राखेको छ ।

महानगरको १९औं नगरसभामा नीति तथा कार्यक्रम पेश गर्दै महानगरका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले चालु आर्थिक वर्षमा पूँजीगत खर्च कम हुँदा विकास निर्माण सुस्ताएको र राजश्व संकलनको लक्ष्यमा समेत धक्का पुगेको बताए ।

जेनजी आन्दोलनका क्रममा भएको क्षति, प्रतिनिधिसभा निर्वाचन, इरान, अमेरिका युद्धले इन्धनको मूल्यवृद्धि भएका कारण महानगरले सोचेको जस्तो गरेर कामलाई गति दिन नसकेको कार्यवाहक नगरप्रमुख अधिकारीले स्वीकार गरे ।

संघीय सरकारबाट समानीकरण अनुदान ४० करोड ८३ लाख विनियोजन भएकोमा जेष्ठ मसान्तसम्म ३७ करोड ३३ लाख ९० हजार र प्रदेश सरकारबाट समानीकरण अनुदान ४ करोड ६६ लाख ६ हजार विनियोजन भएकोमा जेष्ठ मसान्तसम्म विनियोजनको पुरै रकम नै निकासा प्राप्त भएको महानगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका महासचिव शंकर पोखरेलले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीले राज्यका निकाय अदृश्य शक्तिकेन्द्रले सञ्चालन गरेको देखिएको टिप्पणी गरेका छन् । सोमबार राति फेसबुकमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले यस्तो दाबी गरेका छन् । ‘केही समय पहिले सम्पत्ति शुद्धीकरण विभागका डीजीले फोनमा कुराकानी गरेर भोलि काठमाडौंमा आएपछि सम्पर्कमा आउनुहोला भनेर अनुरोध गरेको’ उनले लेखेका छन् । ‘र, ...
। काठमाडौंको कोटेश्वरमा एक कारले चार वटा मोटरसाइकल ठक्कर दिँदा सात जना घाइते भएका छन् । सोमबार राति ग्वार्कोबाट कोटेश्वर तर्फ आउँदै गरेको बा १४ च ४८ २० नम्बरको निजी कारले विपरीत दिशाबाट आउँदै गरेका चार वटा मोटरसाकललाई ठक्कर दिएको थियो । उक्त कारले बा ९६ प ३३२५, बाप्र ०२०६६ प ९१०७, बाप्र ०२०४१ प ८२८२ र ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार ...