मुख्य समाचार
चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता
चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता

। चार वटा अध्यादेश प्रतिस्थापन विधेयक संसद्‍मा दर्ता भएको छ ।

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३’ प्रतिनिधिसभामा दर्ता गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लगेका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छ्ता मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३’ दर्ता गरेकी छन् । भूमि व्यवस्था, सहकारी, सङ‍्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक २०८३’ लगेकी छन् ।

संसद्को अधिवेशन नरहेका बेला सरकारले अध्यादेश ल्याउन पाउँछ । यस अनुसार सरकारले विभिन्न आठ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये चारवटा भने संसद्‍बाट स्वीकृत भएसँगै संसद्‍मा प्रतिस्थापन विधेयक दर्ता भएको हो ।

यी अध्यादेशहरू अधिवेशन सुरु भएकै दिन गत २८ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा पेश भएका थिए ।

त्यसपछि सरकारले संसद्‍मा चारवटा अध्यादेश स्वीकार गरियोस् भन्ने प्रस्ताव यही असार ५ गते प्रतिनिधिसभा र राष्ट्रिय सभा दुवैमा लग्यो । दुवै सभाले स्वीकृत गर्‍यो ।

अब यी अध्यादेश सदनको बैठक बसेको ६० दिनभित्र अध्यादेश प्रतिस्थापन विधेयक पनि र दुवै सदनबाट पारित गरेर राष्ट्रपतिबाट समेत प्रमणीकरण भएर ऐनमा रुपान्तरित भइसक्नुपर्छ ।

अर्थात्, २८ वैशाखबाट ६० दिन भित्र अध्यादेश प्रतिस्थापन विधेयक ऐनमा रुपान्तरित भइसक्नुपर्छ । अन्यथा, अध्यादेशले गरेका नयाँ व्यवस्था र प्रचलित ऐनमा भएका संशोधित प्रावधानहरू स्वत: निष्क्रिय हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई नसिध्याए देश कमजोर बनाउन सकिन्न भन्नेहरू मिलेर चुनाव हराएको टिप्पणी गरेका छन् । सोमबार निर्वाचन समीक्षाका साथै पार्टी पुनर्गठन सम्बन्धमा सुझाव लिन सुर्खेतमा आयोजित कार्यक्रमलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । एमालेले सरकारको नेतृत्व गर्दा ऐतिहासिक र देशभक्तिपूर्ण कामहरू गरेको र आलोचना गर्ने ठाउँ समेत नरहेको ...
। सरकारले चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र समाधानका लागि विशेष कार्यदल गठन गरेको छ । प्रधानमन्त्री बालेन शाहकी प्रेस विज्ञ दीपा दाहालले कार्यदल गठन भएको जानकारी गराएकी छिन् । समयसीमा र कार्यदेश:कार्यदललाई चिया निर्यातका समस्याहरूको विस्तृत अध्ययन गरी आगामी दुई हप्ता (दुई साता) भित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको उनले ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल पक्राउ परेको विषयमा निन्दा र भत्सर्ना गरेका छन् । सोमबार साँझ एक वक्तव्य जारी गर्दै उनले पौडेलको पक्राउलाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरेको भनिएको छ । ‘नेकपा एमालेका उपाध्यक्ष कमरेड विष्णुप्रसाद पौडेललाई पार्टीको सांगठनिक कार्यक्रमका सिलसिलामा सुर्खेतमा रहेका बेला सरकारले गैरकानुनी ढंगले अपहरणको शैलीमा गिरफ्तार ...
। चितवनको भरतपुर महानगरपालिकाले आगामी आर्थिक बर्ष २०८३०८४ का लागि ५ अर्ब ५१ करोड ७० लाख २३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारीले आज समोबार महानगरको १९ औं नगरसभामा पेश गरेको बजेटमा आगामी आ.व. २०८३/०८४ को प्रस्तावित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नको सो बजेट पेश गरेका हुन् । महानगरपालिकाको चालु आर्थिक ...
। पर्याप्त वर्षा नहुँदा पनि सिक्टा सिँचाइ आयोजनाबाट नहरमा पानी प्रवाह भएपछि बाँकेका विभिन्न क्षेत्रमा धान रोपाइँ तीव्र बनेको छ । आयोजनाले नहर प्रणालीमार्फत पानी उपलब्ध गराएपछि किसानले आकाशे पानीको प्रतीक्षा नगरी खेतमा धान रोप्न थालेका छन् । राप्तीसोनारी गाउँपालिका–३ नवलपुरकी मेलिना चौधरीले नहरबाट आएको पानीको सदुपयोग गर्दै सोमबारदेखि धान रोपाइँ सुरु गरेकी छन् । उनले ...