। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित सम्बन्ध निरन्तर रहीआएको बताए ।
उनले दुई देशबीचको सांस्कृतिक ...
। पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ ।
अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो । ...
। नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए ।
भारतीय चिया बोर्डले गरेको एसओपी परीक्षणका कारण नेपाली चिया निर्यातकर्तालाई समय र आर्थिक दुवै दृष्टिले अतिरिक्त ...
। फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ ।
शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए ।
करिब ५ सय विघा क्षेत्रफलमा रहेको आँप बगैँचाभित्र लागेको आँप मेलामा तीनदिनमा २० हजार जनाले अब्लोकन गरेको ...
। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ ।
थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए ।
दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी ...