मुख्य समाचार
महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो
महानिर्देशक अर्यालसहित १८ विरुद्ध भ्रष्टाचार मुद्दा, १० अर्ब १३ करोड बिगो

। पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ ।

अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो । विशेष अदालतको सूचना अधिकारी पार्वती हितानीका अनुसार, अख्तियारले १० अर्ब १३ करोड ४ लाख ६१ हजार ४७७ रुपैयाँ बिगो दाबी गरेको छ ।

अख्तियारले महानिर्देशक अर्याल, निर्देशक सुनिल केसी, लेखा अधिकृत तुलसी आचार्य, निर्देशक शत्रुधन शर्मा पोखरेल र रविन्द्र राजभण्डारी, उपसचिवहरू राजाराम दाहाल, भेष प्रसाद भुर्तेल, पुस्कर नेपाल, अधिकृत सोमेश थापा, आईटी अधिकृत विपिन प्रसाईं, नेपाली सहजकर्ता सिद्धार्थ थापा र मनिन्द्रराज मल्ल लगायत १६ जना व्यक्तिविरुद्ध मुद्दा दायर भएको छ ।

त्यस्तै, दुई कम्पनीलाई पनि यो मुद्दामा अख्तियारले प्रतिवादी बनाएको हो । प्रतिवादीमध्ये १० जना कर्मचारी छन् । मुद्दा दर्ता हुने प्रक्रियामा छ ।

राहदानी छपाइमा भएको अनियमितताको विषयमा सोधपुछ गर्नका लागि तत्कालीन परराष्ट्रमन्त्री आरजु राणा देउवालाई पनि अख्तियारले बोलाएको थियो ।

तर, मुद्दा अभियोजनमा उनलाई प्रतिवादी भने बनाइएको छैन । त्यस्तै, पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग पनि अख्तियारले बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि श्रीलंकाली राजदूत रुवान्थी डेल्पिटियाले भेटवार्ता गरेकी छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटवार्तामा नेपाल–श्रीलंका सम्बन्धका विविध आयामबारे संवाद भएको थियो । भेटमा उपराष्ट्रपति यादवले नेपाल र श्रीलंकाबीचको सन् १९५७ जुलाईमा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित सम्बन्ध निरन्तर रहीआएको बताए । उनले दुई देशबीचको सांस्कृतिक ...
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गरेको हो। पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए।
। नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए । भारतीय चिया बोर्डले गरेको एसओपी परीक्षणका कारण नेपाली चिया निर्यातकर्तालाई समय र आर्थिक दुवै दृष्टिले अतिरिक्त ...
। फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए । करिब ५ सय विघा क्षेत्रफलमा रहेको आँप बगैँचाभित्र लागेको आँप मेलामा तीनदिनमा २० हजार जनाले अब्लोकन गरेको ...
। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ । थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए । दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी ...