मुख्य समाचार
चार महिनाअघि कुकुरले टोकेका रेबिज संक्रमितको मृत्यु
चार महिनाअघि कुकुरले टोकेका रेबिज संक्रमितको मृत्यु

। रेबिज संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक जनाको मृत्यु भएको छ । शुक्रबार भर्ना भएका ४८ वर्षीय पुरुषको उपचारको क्रममा टेकु अस्पतालमा शनिबार मृत्यु भएको हो ।

‘संक्रमित उक्त व्यक्ति शुक्रबार भर्ना हुनुभएको थियो,’ अस्पतालको मेडिकल रेकर्डर शाखाका प्रमुख समीर अधिकारीले भने, ‘उपचारको क्रममा शनिबार मृत्यु भयो ।’

उपचारमा संलग्न चिकित्सकका अनुसार ती व्यक्तिले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको पाइएको छ ।

‘घरको सानो कुकुरले टोकेको भनेर वास्ता नगरी बस्नुभएको रहेछ । उहाँका आफन्तका अनुरा चार महिना अगाडिको घटना रहेछ,’ ती चिकित्सकले भने ।

रेबिज शतप्रतिशत प्राणघातक रोग हो । त्यसैले यो जनस्वास्थ्यमा ठूलो खतरा र चिन्ताको विषय बनेको छ । यो रोग भाइरस (र्ह्याब्दो परिवारको लिसा भाइरस)बाट हुन्छ । सुरुमा जनावरका र्‍यालमा रहेका भाइरस जनावरको टोकाइबाट घाउमा पुग्छ । यो भाइरस रगत र लिम्फबाट नभई छालामुनिको भित्री तन्तु र मांसपेशी हुँदै परिधीय स्नायु, मेरुदण्ड र अन्त्यमा गिद्दीसम्म पुग्छ ।

चिकित्सकका अनुसार रेबिज भाइरसले घाँटी र सास फेर्ने नलीका मांसपेशीहरू एकदमै कडा हुन्छन् र खुम्चिन्छन् ।

रेबिज भाइरसले केन्द्रीय स्नायु प्रणालीमा संक्रमण गर्छ । त्यसैले मानिसमा ‘एकपटक सङ्क्रमण भइसकेपछि’ रेबिजका बिरामीलाई बचाउन नसकिने चिकित्सक बताउँछन् । गिद्दीमा संक्रमण भएपछि मात्र विशेष लक्षण देखिन्छन् । अन्त्यमा, गिद्दीका मसिना स्नायुबाट भाइरस र्‍यालका ग्रन्थी, छाला, आँखाको कोर्निया र अन्य अंगमा पुग्छ ।

रेबिज संक्रमण भएपछि शरीरका विभिन्न अंगहरूले काम गर्न छाड्छन्। त्यसपछि मृत्यु हुने चिकित्सक बनाउँछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जाजरकोटमा बिरामीको संख्या बढिरहेको छ । तर, अस्पतालमा लामो समयदेखि पर्याप्त चिकित्सक नहुँदा उपचारमा समस्या देखिएको छ । जाजरकोट अस्पतालमा लामो समयदेखि चिकित्सक नभएपछि चिकित्सको व्यवस्था गरिदिन मुख्यमन्त्री मंगलबहादुर शाहीलाई आग्रह गरिएको छ । अस्पताल व्यवस्थापन समितिका पूर्वअध्यक्ष समेत रहेकी कार्यदलको सदस्य धर्मशिला बस्नेतले मुख्यमन्त्री शाहीलाई तत्काल चिकित्सक पठाइदिन आग्रह गरिएको जानकारी दिइन् । ५० शैय्याको ...
। मकवानपुरको भीमफेदी गाउँपालिका ६ जुरिखेतमा आज बिहान भएको जिप दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी बडु रहेको प्रहरीले जनाएको छ । उनी रजिष्ट्रार तारादत्त बडुकी श्रीमती हुन् । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भइरहेको वार्तामा अवरोध सिर्जना गरे आफ्नो सहयोगी राष्ट्र ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको टेलिफोन अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पले वार्तामा अवरोध सिर्जना गरे ओमानमाथि नै बमबारी गर्ने चेतावनी दिएका हुन्। विश्व अर्थतन्त्रका लागि अत्यन्त महत्त्वपूर्ण मानिने हर्मुज जलमार्ग (जलडमरूमध्य) पुनः सञ्चालन गर्न अमेरिका र ओमानले इरानसँग छुट्टाछुट्टै ...
। वीर अस्पतालको निर्देशकमा डा.विकास नेपाल नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) का उपकुलपतिको सिफारिसमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डा.नेपाललाई वीरको निर्देशकमा नियुक्त दिएकी हुन् । ११औँ तहका डा.नेपाल ग्यास्ट्रो सर्जन हुन् । त्यसै गरी सहायक निर्देशकमा डा.अपार लामिछाने र अनिता विसी नियुक्त भएका छन् । यस भन्दा अगाडि सरकारले रुपमा डा.प्रभा ...
। जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमणबाट झापामा पछिल्लो चार महिनामा पाँच जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म नौ जनामा जेई सङ्क्रमण पुष्टि भएकोमा पाँच जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा तीन पुरुष र दुई महिला रहेका छन् । सङ्क्रमितमा मेचीनगरका तीन, हल्दिबारीका एक, बाह्रदशीका एक, कचनकवलका एक, बिर्तामोडका दुई र अर्जुनधाराका एक जना छन् । स्वास्थ्य कार्यालय ...