मुख्य समाचार
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले गरे राजीनामा दिने घोषणा
बेलायती प्रधानमन्त्री कीर स्टार्मरले गरे राजीनामा दिने घोषणा

। बेलायतका प्रधानमन्त्री कीर स्टार्मरले सोमबार आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन्। लेबर पार्टीभित्रबाट बढ्दो दबाब र पार्टीका सांसदहरूको तीव्र असन्तुष्टिपछि स्टार्मरले यो निर्णय लिएका हुन्।

बीबीसीका अनुसार, आगामी केही साताभित्र लेबर पार्टीले नयाँ नेता चयन नगरेसम्म उनी कार्यवाहक प्रधानमन्त्रीका रूपमा पदमा रहिरहनेछन्।

आफ्नो सरकारी निवास १० डाउनिङ स्ट्रिटबाहिर देशवासीलाई सम्बोधन गर्दै स्टार्मरले भने, ‘मैले सधैँ आफूले माया गर्ने देशलाई पहिलो प्राथमिकतामा राखेर निर्णय लिएको छु। मेरो पार्टीले आगामी चुनावमा नेतृत्व गर्न म उपयुक्त व्यक्ति हुँ कि होइन भनेर प्रश्न गरिरहेको छ, र म त्यसको जवाफ स्वीकार गर्छु। त्यसैले म लेबर पार्टीको नेताको रूपमा राजीनामा दिँदैछु।’

निकै भावुक देखिएका उनले अगाडि थपे, ‘जब म देशको यो सबैभन्दा ठूलो जिम्मेवारी (पद) छाड्नेछु, म मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण जिम्मेवारी- एक असल श्रीमान् र बुबा बन्नमा बढी समय बिताउनेछु।’

उनले सोमबार बिहानै राजा चार्ल्सलाई भेटेर आफ्नो राजीनाकाबारे जानकारी गराइसकेका छन्।

राजीनामाको मुख्य कारण के हो?

दुई वर्षअघि मात्रै (जुलाई २०२४ मा) लेबर पार्टीलाई ऐतिहासिक चुनावी जित दिलाएर सत्तामा आएका स्टार्मरको लोकप्रियता पछिल्लो समय नराम्ररी खस्किएको थियो। अर्थतन्त्र सुधार र जीवनस्तर उकास्ने वाचाहरू पूरा गर्न नसकेको भन्दै उनको आलोचना भइरहेको थियो।

गत साता भएको विशेष उपनिर्वाचनमा उनका आन्तरिक प्रतिद्वन्द्वी तथा ग्रेटर म्यानचेस्टरका पूर्व मेयर एन्डी बर्नहमले सानदार जित हासिल गरेपछि स्टार्मरमाथि पद छाड्ने दबाब ह्वात्तै बढेको थियो।

बर्नहम लेबर पार्टीको नेतृत्व सम्हाल्ने र भावी प्रधानमन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि छन्। स्टार्मरको मन्त्रिमण्डलका आधा दर्जनभन्दा बढी मन्त्रीहरू र १०० भन्दा बढी सांसदहरूले उनलाई राजीनामा दिन दबाब दिएका थिए।

नयाँ प्रधानमन्त्री कहिले बन्नेछन्?

स्टार्मरले राजीनामाको घोषणा गर्दै पार्टीको नयाँ नेतृत्व चयनको समयसीमा पनि सार्वजनिक गरेका छन्। जसअनुसार जुलाई ९ देखि उम्मेदवारी दर्ता खुला हुनेछ।

यदि एन्डी बर्नहमको विरुद्धमा कोही उम्मेदवार उठेनन् र उनी निर्विरोध भए भने उनी जुलाईको मध्यमै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछन्।

तर, पार्टीभित्र चुनावमै जानुपर्ने अवस्था आएमा अगस्टको अन्त्यसम्ममा नयाँ प्रधानमन्त्री चयन भइसक्नेछन्। सेप्टेम्बरमा संसद् सुरु हुनुअघि नै शक्ति हस्तान्तरण भइसक्ने स्टार्मरले बताएका छन्।

१० वर्षमा सातौँ प्रधानमन्त्री

स्टार्मरको बहिर्गमनसँगै बेलायतले विगत एक दशक (१० वर्ष) भित्र आफ्नो सातौँ प्रधानमन्त्री पाउने भएको छ। स्टार्मरअघि डेभिड क्यामरुन, थेरेसा मे, बोरिस जोनसन, लिज ट्रस र ऋषि सुनकले पनि यसैगरी कार्यकाल पूरा नहुँदै प्रधानमन्त्रीको सरकारी निवास छाड्नुपरेको थियो।

स्टार्मर ५ जुलाई २०२४ मा बेलायतको प्रधानमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम