मुख्य समाचार
अमेरिका र इरानबीचको वर्षैँ देखिको विवाद र असमझदारी सुल्झाउन कतार र पाकिस्तानको मध्यस्थतामा चारवटा उच्चस्तरीय कार्यदल (कमिटी) गठन
अमेरिका र इरानबीचको वर्षैँ देखिको विवाद र असमझदारी सुल्झाउन कतार र पाकिस्तानको मध्यस्थतामा चारवटा उच्चस्तरीय कार्यदल (कमिटी) गठन

: अमेरिका र इरानबीचको वर्षैँ देखिको विवाद र असमझदारी सुल्झाउन कतार र पाकिस्तानको मध्यस्थतामा चारवटा उच्चस्तरीय कार्यदल (कमिटी) गठन गरिएको छ। स्विट्जरल्यान्डमा आइतबार रातिसम्म चलेको पहिलो चरणको वार्तापछि मध्यस्थकर्ता मुलुकहरू कतार र पाकिस्तानले दुवै पक्षबिच चारवटा उच्चस्तरीय समिति गठन गर्ने सहमति भएको दाबी गरेका हुन्।

स्विट्जरल्यान्डको लेक लुसर्नमा आयोजित ‘लेक लुसर्न समिट’ अन्तर्गत आइतबार पहिलो चरणको वार्ता सम्पन्न भएको हो। बैठक सकिएलगत्तै कतार र पाकिस्तानले संयुक्त विज्ञप्ति जारी गर्दै चार प्रमुख समितिको गठन भएको जानकारी दिएका हुन्। इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि उक्त संयुक्त विज्ञप्तिलाई स्वीकृति दिएका छन्।

यी हुन् गठन भएका चार कमिटीहरू :-

१. उच्चस्तरीय कमिटी : राजनीतिक स्वरूपको यो कमिटीले समग्र वार्ताको निगरानी गर्नेछ। मुख्य वार्ताकारहरूले यसै कमिटीलाई रिपोर्टिङ गर्नुपर्नेछ।
२. लीड वर्किंग ग्रुप्स : यस अन्तर्गतका छुट्टाछुट्टै समूहहरूले इरानको आणविक कार्यक्रम र उनीमाथि लगाइएका प्रतिबन्धहरूका विषयमा काम गर्नेछन्।

३. कमिटी फर मनिटरिङ एन्ड डिस्प्युट रेजोलुसन: यस समूहले सम्झौता (MoU) का बुँदाहरू सही रूपमा कार्यान्वयन भइरहेका छन् वा छैनन् भन्ने कुराको अनुगमन र विवाद निरूपण गर्नेछ।

४. डी-कन्फ्लिक्सन सेल : यो विशेष सेल लेबनानको वर्तमान संकटकालीन स्थितिका लागि काम गर्न गठन गरिएको हो।

वार्ता सकारात्मक भएको इरानी विदेशमन्त्रीको दाबी

इरान र अमेरिकाबीच १४ बुँदे सम्झौतालाई लिएर पहिलो चरणको वार्ता सकिएपछि इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सोमबार (२२ जुन) प्रतिक्रिया दिएका छन्। उनले लेबनानमा जारी युद्ध रोक्नका लागि वार्तामा उल्लेख्य प्रगति भएको बताए। विदेशमन्त्री अराघचीले यो वार्तालाई दुवै देशबिचको ‘पहिलो वास्तविक परीक्षा’ को संज्ञा दिएका छन्।

सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मा एक पोस्ट गर्दै अराघचीले पाकिस्तान र कतारको अथक मध्यस्थताका कारण इरानी तेल र पेट्रोकेमिकल निर्यातमा लगाइएको प्रतिबन्ध फुकुवा गरिएको स्पष्ट पारेका छन्। साथै, इरानी बन्दरगाहमा अमेरिकी नाकाबन्दी समाप्त भएको, इरानको रोक्का गरिएको केही सम्पत्ति फुकुवा भएको र इरानको विकास तथा पुनर्निर्माण योजनाका लागि ठूलो मार्गप्रशस्त भएको समेत उनले दाबी गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम