मुख्य समाचार
कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता
कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता

। कतारको रास लाफान औद्योगिक क्षेत्रमा रहेको एक कारखानामा भएको विस्फोटमा ५४ जना घाइते भएका छन् भने १८ जना बेपत्ता भएका छन् । कतारको गृह मन्त्रालयले सोमबार उक्त जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार आइतबार भएको विस्फोट ‘प्राविधिक समस्या’का कारण भएको थियो । बेपत्ता व्यक्तिहरूको खोजी कार्य जारी रहेको पनि मन्त्रालयले जनाएको छ ।

रास लाफान क्षेत्र विश्वकै सबैभन्दा ठूलो तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन केन्द्रका रूपमा परिचित छ ।

यसअघि अमेरिका–इरान युद्धका क्रममा इरानले खाडी क्षेत्रको ऊर्जा पूर्वाधारलाई निशाना बनाउँदा रास लाफान क्षेत्रमा पनि ठूलो क्षति पुगेको थियो । त्यसक्रममा कतारले ग्यास उत्पादनसमेत रोक्नुपरेको थियो ।

सरकारी स्वामित्वको कम्पनी कतार इनर्जीले जारी गरेको वक्तव्यमा रास लाफान औद्योगिक नगरमा सञ्चालन पुन: सुरु गर्ने क्रममा बरजान ग्यास आपूर्ति केन्द्रमा विस्फोट र आगलागी भएको जनाएको छ।

‘प्राविधिक समस्याले विस्फोट’

गृह मन्त्रालयले घटनालाई ‘आन्तरिक विस्फोट’ भनेको छ । पछि जारी अर्को वक्तव्यमा ‘प्राविधिक खराबी’का कारण दुर्घटना भएको उल्लेख छ ।

मन्त्रालयले एक्समार्फत जारी गरेको वक्तव्यमा भनेको छ, ‘रास लाफान औद्योगिक नगरको एक कारखानामा भएको घटनामा कुल ५४ जना घाइते भएका छन् । साथै १८ जना बेपत्ताको खोजी जारी रहेको छ ।’

अमेरिका, अष्ट्रेलिया र रुससँगै कतार पनि विश्वका प्रमुख एलएनजी उत्पादक राष्ट्र हुन् । इरानी ड्रोन आक्रमणले महत्वपूर्ण ऊर्जा संरचनामा क्षति पुर्‍याएपछि कतारले गत मार्च २ देखि एलएनजी उत्पादन बन्द गरेको थियो ।

मार्च १८ मा भएका थप आक्रमणका कारण एलएनजी निर्यात क्षमता १७ प्रतिशतसम्म घट्ने र पूर्ण मर्मतमा तीनदेखि पाँच वर्ष लाग्न सक्ने ऊर्जा मन्त्री साद अल काबीले त्यसबेला बताएका थिए ।

विश्व ऊर्जा बजारमा थप असर पर्ने चिन्ता

रास लाफान क्षेत्रमा भएको पछिल्लो विस्फोटले विश्व ऊर्जा बजारमा थप अस्थिरता ल्याउन सक्ने अनुमान गरिएको दोहा न्यूजले जनाएको छ । कतार विश्वका प्रमुख प्राकृतिक ग्यास उत्पादकमध्ये एक भएकाले यसको उत्पादन र निर्यातमा पर्ने असरले अन्तर्राष्ट्रिय बजारलाई प्रभावित पार्न सक्छ ।

इरानले स्ट्रेट अफ होर्मुजमाथि नियन्त्रण कडा बनाएपछि कतारले आफ्ना ग्राहकसम्म ग्यास पठाउन नसकेर उत्पादन बन्द गरेको थियो । युद्ध अन्त्यका लागि वार्ता अघि बढेसँगै इरानले जलमार्गमाथिको नियन्त्रण केही खुकुलो बनाएपछि कतारले पुन: निर्यात टर्मिनल सञ्चालनमा ल्याउने प्रयास गरिरहेको थियो ।

यद्यपि पछिल्लो विस्फोटले फेरि सन्चालन अनिश्चित बनेको छ । वास्तविक क्षतिको परिमाण पनि अझै सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम