मुख्य समाचार
कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ
कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ

। कैलालीको धनगढीमा एकै दिन ११ युवा लागुऔषधसहित पक्राउ परेका छन् । प्रहरीले धनगढी उपमहानगरपालिकाका छुट्टाछुट्टै स्थानबाट एकै दिन ११ जनालाई लागुऔषधसहित पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले वडा नम्बर ७ को मनोहरा, वडा नम्बर ३ को बोराडाँडी र वडा नम्बर १३ बाट ११ जनालाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ (२ ग्राम ३०३ मिलिग्राम) सहित ६ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा स्थानीय शिवनारायण राना (२१), रामअवतार राना (२९), सुवास राना (२४), जस्मन्त राना (२७), सुवास राना (२७) र एक जना नाम नखुलाइएका १८ वर्षीय किशोर रहेका छन् ।

यस्तै वडा नम्बर ३ मा पर्ने फाप्ला क्रिकेट ग्राउन्ड नजिकबाट लागुऔषध चरेस (२ ग्राम ६३ मिलिग्राम) सहित दुई जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरूमा वडा नम्बर १३ का २० वर्षीय बेनी माधव खड्का र १८ वर्षिय किशोर रहेका छन् ।

त्यसैगरी वडा नम्बर १ महोत्सव ग्राउन्डबाट अवैध लागुऔषध गाँजा (४ ग्राम ३४० मिलिग्राम) र चरेस (११० मिलिग्राम) सहित तीन जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा स्थानीय २६ वर्षीय आयुष ओली, वडा नम्बर २ का २६ वर्षीये अस्पात अन्सारी र २५ वर्षीय प्रज्वल थापा रहेका छन् । वडा प्रहरी कार्यालयले उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

यसैबीच बाजुराको बडिमालिका नगरपालिका–९ अस्पताल लाईनबाट गौमुल गाउँपालिका ४ का २४ वर्षीय पुरन रोकाया ७ ग्राम ४३० मिलिग्राम लागुऔषध चरेशसहित पक्राउ परेका छन् ।

रोकायाबाट ४० ग्राम १९० मिलिग्राम गाँजासमेत बरामद भएको जनसम्पर्क तथा मिडिया समन्वय शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो । ...
। नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए । भारतीय चिया बोर्डले गरेको एसओपी परीक्षणका कारण नेपाली चिया निर्यातकर्तालाई समय र आर्थिक दुवै दृष्टिले अतिरिक्त ...
। फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए । करिब ५ सय विघा क्षेत्रफलमा रहेको आँप बगैँचाभित्र लागेको आँप मेलामा तीनदिनमा २० हजार जनाले अब्लोकन गरेको ...
। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ । थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए । दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अशोककुमार चौधरीले सहमहामन्त्री पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । चौधरी रास्वपाको संस्थापक केन्द्रीय सदस्य हुन् । प्रथम महाधिवेशनमार्फत खुल्ला थारू केन्द्रीय सदस्य हुँदै समावेशी तर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दिने गरी मत मागिरहेको उनले बताए । सहमहामन्त्रीमा आफ्नो दाबेदारी पार्टीको संस्थागत सुदृढीकरण, कार्यकर्ता सम्मान र संगठनात्मक एकताको अभियानका रूपमा रहेको ...