मुख्य समाचार
राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको
राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको

: राष्ट्रिय तथ्यांक कार्यालयले हालसम्म साढे १३ लाखभन्दा बढी प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न भइसकेको जनाएको छ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यालयले कागजी प्रश्नावलीमार्फत १३ लाख ४४ हजार ५ सय र ‘इसेन्सस’ वेबपेजमार्फत ७ हजार बढि गरी १३ लाख ५१ हजार ३ सय ३१ प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना सम्पन्न गरिसकेको जनाएको हो।

दोस्रो राष्ट्रिय आर्थिक गणनामा १४ लाख प्रतिष्ठान एवं व्यवसायको आर्थिक गणना गर्ने लक्ष्य रहेकोमा हाल लक्ष्यको ९१ दशमलव ६ प्रतिशत गणना सम्पन्न भएको कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज लामिछानेले जानकारी दिए। देशैभरका विभिन्न जिल्लाका केही गणनाहरू सिस्टममा राख्ने क्रममा जारी रहेकाले यो संख्या बढ्ने उनले बताए।


आर्थिक गणना गर्दा केही प्रतिष्ठान एवं व्यवसायको आनाकानी रहे पनि गोपनीयताका बारेमा स्पष्ट पारेपछि अहिले कुनै समस्या नदेखिएको समेत लामिछानेले जानकारी दिए। उनले विगतमा सञ्चालनमा रहेका र हाल बन्द भएका प्रतिष्ठान एवं व्यवसाय करिब ३८ हजारको संख्यामा रहेको उल्लेख गरे।

देशको अर्थतन्त्रको आकार तय गर्ने प्रयोजनका लागि समग्र आर्थिक क्रियाकलापको विश्लेषणका लागि समेत आर्थिक गणना निकै महत्वपूर्ण रहेको कार्यालयले जनाएको छ। दोस्रो आर्थिक गणनाको नतिजा आगामी आर्थिक वर्षदेखि निरन्तर सार्वजनिक गरिने समेत जानकारी दिइएको छ। आर्थिक गणनाका लागि ३ हजार ९ सय ७ गणक र ५ सय २६ सुपरिवेक्षक परिचालन गरिएको थियो।

यसअघि २०७५ सालमा भएको पहिलो राष्ट्रिय आर्थिक गणनामा नौ लाख २३ हजार ३५६ प्रतिष्ठान एवं व्यवसाय सञ्चालनमा रहेको विवरण सार्वजनिक भएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन्। सम्पत्ति शुद्धीकरण विभागले पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेललाई पक्राउ गरेको हो। पौडेललाई सुर्खेतबाट पक्राउ गरिएको स्रोतले जानकारी दिएको छ। उनी पार्टीको कार्यक्रमका लागि सुर्खेत गएका थिए।
। पासपोर्ट खरिद प्रकरणमा भ्रष्टाचार भएको निष्कर्षसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायरको प्रक्रिया अघि बढाएको छ । अहिले विशेष अदालतमा अख्तियारको टोली मुद्दाको फाइलसहित पुगेको छ । विशेष अदालत परिसरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । राहदानी विभाग महानिर्देशक तिर्थराज अर्यालसहित १६ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गर्न लागेको हो । ...
। नेपाली चिया निर्यातमा भएको अवरोधका कारण आएका समस्याबारे इलामका चिया उद्यमीले सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार मन्त्रालय मन्त्रालय पुगेर उनीहरूले ध्यानाकर्षण गराएका हुन् । साथमा, इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद सुहाङ नेम्वाङ पनि सहभागी भएका थिए । भारतीय चिया बोर्डले गरेको एसओपी परीक्षणका कारण नेपाली चिया निर्यातकर्तालाई समय र आर्थिक दुवै दृष्टिले अतिरिक्त ...
। फलको राजा आँपैआँपले चिनिएको धनुषको बटेश्वर गाउँपालिका-१ चित्रपुरमा तीन दिवसीय आँप मेला सम्पन्न भएको छ । शुक्रबारदेखि आइतबारसम्म चलेको आँप मेलामा ३० लाख रुपैयाँ बराबरको आँपको कारोबार भएको आयोजक चित्रपुर म्यांगो अग्रो टुरिज्म इनिसिएटिभका अध्यक्ष प्रदीपकुमार महताले बताए । करिब ५ सय विघा क्षेत्रफलमा रहेको आँप बगैँचाभित्र लागेको आँप मेलामा तीनदिनमा २० हजार जनाले अब्लोकन गरेको ...
। रोल्पाको माडी गाउँपालिका-२ खोलवाङस्थित घोराही-थवाङ शहीद मार्गमा सोमबार यात्रुबहाक बस दुर्घटनामा परेको छ । थवाङबाट घोराहीतर्फ जाँदै गरेको रा.१ ख. ३१०१ नम्बरको बस उकालोमा अचानक ब्रेक फेल भई सडकमा पल्टिँदा १२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बसमा चालकसहित २९ जना सवार रहेका थिए । दुर्घटनामा सामान्य घाइते भएका १२ जनाको उद्धार गरी ...