मुख्य समाचार
विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने
विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने

: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक रहेको बताए। जनप्रतिनिधिहरूले जनताको आवश्यकता र अपेक्षाअनुसार काम गर्नुपर्ने तथा जनतामाझ सही सूचना प्रवाह गर्नुपर्ने विचार उनले व्यक्त गरे।

बिजुक्छेँले समाजमा देखिएका कमजोरी र विकृतिलाई सुधार्दै अघि बढ्नुपर्ने उल्लेख गर्दै विकासलाई मात्र केन्द्रमा राखेर सम्पदामाथि असर पुग्ने गतिविधि गर्न नहुने बताए। उनले भक्तपुरको ऐतिहासिक पहिचान जोगाउनु सबैको साझा दायित्व भएको धारणा व्यक्त गरे।

पुरातात्त्विक महत्वका क्षेत्रहरूमा कुनै पनि निर्माण, पुनर्निर्माण वा उत्खनन कार्य गर्नुअघि सम्बन्धित विज्ञसँग परामर्श, अध्ययन तथा अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष बिजुक्छेँले अज्ञानतावश गरिने निर्णयले ऐतिहासिक सम्पदामा क्षति पुग्न सक्ने भएकाले यस विषयमा जनप्रतिनिधि र सरोकारवाला निकाय सचेत हुनुपर्ने भनाइ राखे।



अध्यक्ष बिजुक्छेँले समाजलाई सही दिशामा अघि बढाउन विद्यार्थी, युवा तथा जनप्रतिनिधिहरूलाई निरन्तर शिक्षित र प्रशिक्षित बनाउन आवश्यक रहेको उल्लेख गर्दै दूरदर्शी सोच, अनुशासन र जिम्मेवार नेतृत्वबाट मात्र समाजको समग्र विकास सम्भव हुने बताए। उनले विकास र संरक्षणलाई सँगसँगै अघि बढाएर भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक पहिचान जोगाउँदै समृद्ध समाज निर्माण गर्न सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औँल्याए।

कार्यक्रमका सभापति भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आव २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइ, खानेपानीजस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेको बताए। उनले निर्वाचन घोषणापत्रअनुसार काम गर्दै आएको चर्चा गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् । यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे ...
। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ...
: प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको ...
: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, 'तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर ...