मुख्य समाचार
न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा
न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा

। न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । सोमबार बिहान भएको खेलमा न्यूजिल्यान्डलाई ३–१ ले पराजित गर्दै इजिप्ट समूहको शीर्ष स्थानमा उक्लिएको हो ।

यो इजिप्टको पहिलो जित हो । यसअघि पहिलो खेलमा बेल्जियमसँग बराबरीमा रोकिएको थियो ।

इजिप्टको जितमा मोहम्मद सलाह, मोस्तफा जिको र ट्रेजेग्वेटले एकएक गोल गरे । खेलमा पहिलो अग्रता न्यूजिल्यान्डले लिएको थियो ।

खेलको १५औं मिनेटमा फिन सम्र्यानले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, न्यूजिल्यान्डले अग्रता जोगाउन नसक्दा पराजित हुन पुग्यो । खेलमा ५८औं मिनेटमा जिकोले गोल गर्दै इजिप्टलाई बराबरीमा फर्काए ।

त्यसको ९ मिनेटपछि इजिप्टका कप्तान सलाहले गोल गर्दै टोलीलाई अग्रता दिलाए । ८२औं मिनेटमा ट्रेजेग्वेटले गोल गर्दै इजिप्टको अग्रताको दुरी बढाए । बल पोजिसनदेखि सर्टसम्ममा इजिप्ट हाबी बन्यो ।

जितसँगै इजिप्ट २ खेलबाट ४ अंक जोडेर समूह ‘जी’ को शीर्ष स्थानमा उक्लिएको छ । इजिप्टको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनेको छ । इरान र बेल्जियमको समान २ अंक छ । न्यूजिल्यान्डको एक अंक छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...