मुख्य समाचार
आफ्ना नेताले गल्ती गरे प्रश्न गर्नुस्, हामीले जस्तो गल्ती नगर्नुस्
आफ्ना नेताले गल्ती गरे प्रश्न गर्नुस्, हामीले जस्तो गल्ती नगर्नुस्

: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता-कार्यकर्तालाई आफ्ना नेताहरूले गल्ती गर्दा प्रश्न गर्न सक्ने साहस राख्न आग्रह गरेका छन्।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले कांग्रेसले आफ्ना कमजोरी सच्याउन ढिलाइ गरेको स्वीकार गर्दै रास्वपाका कार्यकर्तालाई त्यही गल्ती नदोहोर्‍याउन सुझाव दिए। उनले भने, 'तपाईंका नेताहरूले गल्ती गर्छन् भने प्रश्न गर्नुहोला। हामीले ढिला गरेर गल्ती गर्‍यौं, तपाईंहरूले नगर्नुहोला। आफ्नै नेतालाई प्रश्न गर्ने आँट गर्नुहोला।'

सभापति थापाले रास्वपाले छोटो समयमै प्राप्त गरेको जनमतलाई ‘लोभलाग्दो’ भन्दै प्रशंसा गरे। चार वर्षको अवधिमै रास्वपाले हासिल गरेको जनसमर्थन नेपाली राजनीतिक इतिहासमा दुर्लभ भएको उल्लेख गर्दै उनले त्यसलाई सही दिशामा उपयोग गर्नुपर्ने बताए।

उनले इतिहासमा यस्ता जनमत प्राप्त गरेका दल र नेताहरू अहंकार, आन्तरिक टकराव तथा सत्ताको उन्मादका कारण दुर्घटनामा परेको स्मरण गराए। 'इतिहासमा तीन-चार पटक यस्तै जनमत आएको छ। तर, हरेक पटक नेताहरूको अहंकार र आपसी द्वन्द्वका कारण त्यो दुर्घटनामा पर्‍यो। यस्तो अवस्था रास्वपामा नहोस् भन्ने हाम्रो चाहना हो,' उनले भने।

थापाले कुनै दललाई कमजोर बनाएर होइन, आफूहरूलाई इमानदार र सक्षम बनाएर मात्रै राजनीतिक प्रतिस्पर्धामा अगाडि बढ्न चाहेको बताए। 'हामी तपाईंहरूको खुट्टा काटेर अग्लो हुन चाहँदैनौं। हामी सफा भएर, राम्रो काम गरेर तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं,' उनले भने।

संसदीय अभ्यासबारे चर्चा गर्दै थापाले विपक्षी दलको भूमिका केवल विरोध गर्ने नभई राष्ट्रिय हितका विषयमा साथ दिने पनि भएको बताए। सरकारले गलत गर्दा विरोध गर्ने र सही निर्णय गर्दा समर्थन गर्ने कांग्रेसको नीति रहेको उनको भनाइ थियो।

आफ्नो पार्टीतर्फ संकेत गर्दै थापाले विगतका वर्षहरूमा कांग्रेस सत्ता, गठबन्धन र चुनावी गणितमा बढी केन्द्रित भएको स्वीकार गरे। उनले पार्टीभित्र सुधार र आत्मसमीक्षाको आवश्यकता महसुस गर्दै आफूहरूले बाहिरी प्रतिस्पर्धाभन्दा आफ्नै घरभित्रको कमजोरीसँग लड्न खोजेको बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् । यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे ...
। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ...
: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक ...
: प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको ...