मुख्य समाचार
आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रास्वपा रहेको टिप्पणी
आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रास्वपा रहेको टिप्पणी

: पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो र महत्वपूर्ण उपलब्धी रास्वपा रहेको टिप्पणी गरेका छन् । चितवनमा आजबाट सुरु भएको रास्वपाको प्रथम महाधिवेशनको उदघाटन सत्रलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले यस्तो बताएका हुन् ।

भट्टराईले आफूलाई रास्वपाले ललिपप देखाएको भनेर भइरहेका टिप्पणीप्रति गुनासो गरेका छन् । उनले भने, ‘हाम्रो समाज अत्यन्तै न्यून चेतनास्तरको छ। यसले के पाउन लाग्यो, रास्वपाले के ललिपप देखाइ दियो भनिरहेको सुन्छु । म सारा जीवन मर्न हिँडेको मान्छे, के ललिपप खाने भन्नुस् त ? सबै थोक प्राप्त गरेको छु । तपाईहरूको सद्भावले प्रधानमन्त्री भइसकेको मान्छे, के ललिपप खाने ?’

आफू ललिपप होइन सबैलाई सुशासन र समृद्धिको फल प्राप्त होस भनेर हिँडेको उनले बताए । ‘म र मभन्दा अगाडिको पुस्ताले योगदान ग¥यो, त्यसैको पछिल्लो कडी वैकल्पिक र नयाँ राजनीतिक हो । त्यसको अगुवा शक्तिका रूपमा रास्वपा आएकोमा बधाई छ,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लागुऔषध कारोबार तथा ओसारपसारमा संलग्न भएको आरोपमा झापा, मोरङ, धनकुटा, उदयपुर र सुनसरीबाट १३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका–२ का ३१ वर्षीय विवेक राजवंशी, २८ वर्षीय रेगन राजवंशी, ३१ वर्षीय संजयकुमार राजवंशी, बिर्तामोड–९ का ३५ वर्षीय राजकुमार कामती र उनकी श्रीमती मनिका कामती रहेका छन् । यसैगरी पक्राउ पर्नेमा धनकुटा नगरपालिका–७ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन नयाँ राजनीतिक शक्तिको संगठनात्मक विषयबारे छलफल गर्ने थलोमा मात्रै रहेन । नेपाली समाजको समस्या के हो ? समस्याको पहिचान कसरी गर्ने, समस्या समाधानका उपाय के कस्ता हुन सक्छन् भनेर विचार विमर्श भए । साथै, जनताले रास्वपालाई दुई तिहाई नजिकको मत दिनुको कारण पनि खोज्ने प्रयास वक्ताहरूले गरे ...
। धनगढी उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट ल्याएको छ । आइतबारको १५औँ नगरसभा अधिवेशनमा नगर उपप्रमुख कन्दकला रानाले दुई अर्ब ६४ करोड ६४ लाख ६४ हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । रानाले चालुतर्फ एक अर्ब ४३ करोड ६३ लाख ८७ हजार र पुँजीगततर्फ एक अर्ब २३ करोड ७६ लाख विनियोजन गरिएको बताइन् ...
: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले विकास निर्माणको कामलाई अघि बढाउँदा ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्त्विक सम्पदाको संरक्षणलाई विशेष प्राथमिकता दिनुपर्ने बताएका छन्। भक्तपुर नगरपालिकाको बिसौँ नगरसभाको आइतबार पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्दै उनले विकासका क्रममा भएका कामहरूको समीक्षा गर्दै कहाँ र कसरी कमजोरी भएका छन् भन्ने विषयमा गम्भीर रूपमा आत्मसमीक्षा गर्न आवश्यक ...
: प्रधानमन्त्री बालेन्द्र शाहले लिपुलेक र कालापानीको प्रमाण आफूहरूसँग भएको बताएका छन्। उनले उक्त विषयमा छिमेकी भारतले आपत्ति जनाए पनि नेपालसँग त्यसको प्रमाण रहेको बताए। चितवनमा आयोजित राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषय उठाउँदा विभिन्न देशले आपत्ति जनाउने गरेको उल्लेख गर्दै नेपालसँग आफ्नो दाबी पुष्टि गर्ने आधार र प्रमाण रहेको ...