मुख्य समाचार
अमेरिका–इजरायल र इरानबीचको युद्धमा हजारौंको मृत्यु
अमेरिका–इजरायल र इरानबीचको युद्धमा हजारौंको मृत्यु

: इरानसँगको अमेरिका–इजरायल युद्ध अन्त्य गर्न अहिले सम्झौता भइसकेको छ । आधिकारिक तथ्याङ्कअनुसार फेब्रुअरीदेखि सुरु भएको यस युद्धमा मध्यपूर्वभरि ७,३०० बढी मानिसको ज्यान गएको छ ।

फेब्रुअरी २८ देखि इरान र लेबनानमा मात्रै ७,३०० बढी मानिस मारिएका छन् । दुवै देशका सरकारी प्रतिवेदनअनुसार मृतकमध्ये सयौं बालबालिका र दर्जनौं स्वास्थ्यकर्मी पनि छन् । साथै क्षेत्रका अन्य देशहरूमा पनि धेरै मानिसको मृत्यु भएको छ । तर केही विश्लेषकहरूका अनुसार यी तथ्याङ्क वास्तविकभन्दा निकै कम हुन सक्छन् ।

विशेषज्ञहरूले बीबीसी भेरिफाइलाई बताएअनुसार इन्टरनेट प्रतिबन्ध, सञ्चारमाध्यममाथिको नियन्त्रण, सरकारी सेन्सरसिप तथा केही क्षेत्रमा सशस्त्र समूहहरूको उपस्थितिका कारण सही तथ्याङ्क संकलन गर्न निकै कठिन भएको छ । बेलायतस्थित च्यारिटी संस्था एक्शन अन आम्र्ड भायलेन्सका कार्यकारी निर्देशक डा. इयान ओभरटनका अनुसार युद्धग्रस्त क्षेत्रमा हताहतीको विवरण प्रायः अधुरो, ढिलो आउने वा स्वतन्त्र रूपमा पुष्टि गर्न असम्भव हुन्छ । उनले भने, ‘अन्तिम मृत्यु संख्या युद्ध समाप्त भएको वर्षौपछि पनि विवादित रहन सक्छ ।’

इरान
इरानी सरकारका अनुसार अमेरिकी र इजरायली आक्रमण सुरु भएदेखि अप्रिलको मध्यसम्म कम्तीमा ३,४६८ इरानी नागरिकको मृत्यु भएको थियो, जसमा ४९९ महिला थिए । सरकारी समाचार संस्था आईआरएनएका अनुसार मृतकमध्ये १,४६० सर्वसाधारण र २,००८ सैनिक थिए । तर अमेरिकास्थित मानवअधिकार संस्था एचआरएएनएले मृत्यु संख्या अझ बढी रहेको दाबी गरेको छ । संस्थाका अनुसार कम्तीमा ३,६३६ जनाको मृत्यु भएको छ ।

मे १८ मा सार्वजनिक गरिएको प्रतिवेदनमा एचआरएएनएले १,७०१ सर्वसाधारण (जसमध्ये ३०७ बालबालिका), १,२२१ सैनिक तथा ७१४ जनाको पहिचान खुल्न नसकेको जनाएको छ । युद्धको पहिलो दिन अमेरिकी मिसाइल आक्रमणमा मीनाब शहरको एउटा विद्यालय निशाना बनेको र त्यसमा १६८ जनाको मृत्यु भएको, जसमध्ये ११० जना बालबालिका रहेको इरानले जनाएको छ । अमेरिकी सेनाले उक्त घटनाको अनुसन्धान भइरहेको बताएको छ ।

लेबनान
इरानका सर्वोच्च नेताको हत्या भएपछि मार्च २ मा हिज्बुल्लाहले इजरायलमाथि रकेट प्रहार गरेपछि युद्ध पुनः चर्किएको थियो । त्यसको जवाफमा इजरायलले दक्षिणी लेबनानमा हवाई तथा स्थल आक्रमण सुरु गर्‍यो । लेबनानका स्वास्थ्य अधिकारीहरूका अनुसार त्यसयता इजरायली आक्रमणमा ३,९१२ जनाको मृत्यु भएको छ, जसमा ३६६ महिला र २४७ बालबालिका छन् ।

मृतकमध्ये कति जना हिज्बुल्लाहका लडाकु थिए भन्ने स्पष्ट छैन । इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहू का अनुसार इरानसँगको युद्ध सुरु भएयता ३,००० हिज्बुल्लाह लडाकु मारिएका छन् । अप्रिल ८ मा इजरायलले गरेको ठूलो आक्रमणमा १० मिनेटभित्रै कम्तीमा ३६१ जनाको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् । इजरायली सेनाले भने त्यहाँ २५० हिज्बुल्लाह सदस्यलाई निशाना बनाएको दाबी गरेको थियो । संयुक्त राष्ट्रसंघका अनुसार लेबनानमा सात शान्ति सैनिक पनि मारिएका छन् ।

इजरायल
इजरायली अधिकारीहरूका अनुसार जुन १८ सम्म ६० जनाको मृत्यु भएको छ । सरकारी तथ्याङ्कअनुसार मृतकमध्ये २९ जना सर्वसाधारण र ३१ जना इजरायली सैनिक थिए । एक जनाको मृत्यु आफ्नै सेनाको ‘फ्रेन्डली फायर’ बाट भएको थियो । इजरायलले इरानमाथि आबादी भएका क्षेत्रमा क्लस्टर बम प्रयोग गरेको आरोप लगाएको छ ।

मध्यपूर्वभरि मृत्यु
अमेरिका र इजरायलको आक्रमणको जवाफमा इरानले अमेरिकी सैन्य अड्डा रहेका छिमेकी अरब देशहरूमा पनि मिसाइल र ड्रोन आक्रमण गरेको थियो । यी आक्रमणहरू साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कतार, कुवेत, इराक, जोर्डन, बहराइन र ओमानसम्म फैलिएका थिए । यूएईको रक्षा मन्त्रालयका अनुसार त्यहाँ १३ जनाको मृत्यु भएको थियो ।

एएफपीले संकलन गरेको तथ्याङ्कअनुसार इराकमा १०० भन्दा बढी मानिस मारिएका छन् । तीमध्ये कम्तीमा ८० जना इरान समर्थित पपुलर मोबिलाइजेसन फोर्सेजका सदस्य थिए । पेन्टागनका अनुसार मध्यपूर्वमा तैनाथ १३ अमेरिकी सैनिक पनि मारिएका छन् । तीमध्ये सात जना इरानी आक्रमणमा र छ जना इराकमा भएको इन्धन भर्ने विमान दुर्घटनामा मारिएका थिए । अन्तर्राष्ट्रिय समुद्री संगठनका अनुसार होर्मुज जलडमरूमध्य तथा अन्य क्षेत्रमा जहाजमाथि भएका आक्रमणमा १४ नाविकको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम