मुख्य समाचार
आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताए
आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताए

। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूले विगत एक दशकदेखि गर्दै आएको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धि रास्वपा रहेको बताएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।

‘यो आफैंले गत ११ वर्षदेखि नयाँ शक्ति अभियान भन्दै वैकल्पिक राजनीतिको पैरवी गरेँ । अहिले म रास्वपालाई त्यो अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिको रुपमा ग्रहण गरेको छु,’ उनले भने ।

आफूले यस्तो भन्दा के पाउन लाग्यो र के ललिपप पायो भन्दै टिप्पणी हुने गरेको भन्दै उनले आलोचना गरे ।

‘त्यसो भन्दा हाम्रो समाज अत्यन्तै न्युनस्तरको छ, अब यसले के पाउन लाग्यो, के ललिपप देखाइदियो भन्छन्,’ उनले भने, ‘म सारा जीवन मर्न हिंडेको मान्छे के ललिपप खाने ? सबैथोक प्राप्त गरेको मान्छे, प्रधानमन्त्री भएको मान्छे, के ललिपप खाने मैले यो उमेरमा ?’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सिरहाको धनगढीमाई नगरपालिकामा सवारी दुर्घटनामा गम्भीर घाइते भएका एक रिक्सा चालकको उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित स्थानीयले शवसहित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। धनगढीमाई नगरपालिका–१० का ४५ वर्षीय कृष्णकुमार महतोको उपचारका क्रममा शनिबार मृत्यु भएपछि उनका आफन्त तथा स्थानीयवासीले आइतबार धनगढीमाई बजार क्षेत्रमा शव बोकेको एम्बुलेन्स सडकमा तेर्स्याएर पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । स्थानीयका अनुसार ...
। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले रास्वपाले ४ वर्षमै पाएको जनसमर्थन लोभलाग्दो रहेको भन्दै प्रशंसा गरेका छन् । रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे । ‘पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने । रास्वपाले प्राप्त गरेको ...
। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नयाँ सुरुवात र नयाँ दिशामा मुलुक लैजान रास्वपालाई सफलताको शुभकामना व्यक्त गरेका छन् । आजबाट सुरु भएको प्रथम महाधिवेशनमा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो महाधिवेशनले ऐतिहासिक निर्णय गर्ने नै छन् । मुलुकको परिवर्तनको लागि मुलुकमा रहेका विकृति र विसंगति अन्त्य गरेर नयाँ सुरुवात र नयाँ ...
। रौतहटको दुर्गाभगवती गाउँपालिका–३ मत्सरीघाटस्थित बागमती नदीको बीच भागमा फसेका १४ जनाको सशस्त्र प्रहरीले उद्दार गरेको छ । आइतबार साँझ सोही नगरपालिका–१ पिपराभलोहियाका १४ जना स्थानीयहरुमध्ये ११ जना महिला र ३ जना बालिका दिउँसो करीब ३ः४० बजेको समयमा नदी पारी गएकोमा उनीहरु फर्कने क्रममा एक्कासी आएको बाढीको कारण नदीको बीच भागमा फसेका थिए । त्यसपछि सशस्त्र प्रहरी ...
। जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नेपाली कांग्रेसका संस्थापन नेता बीपी कोइरालासँग तुलना गरेका छन् । चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य राख्दै उनले शक्तिशाली रास्वपा बनाउन, र वैकल्पिक राजनीतिलाई माथि उठाउन र मधेशीका छोरा बालेन शाहलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा खेलेको भूमिकालाई ‘रवि लामिछानेको जति प्रशंसा गरे पनि नपुग्ने’ ...