मुख्य समाचार
जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित नकआउट चरणमा प्रवेश
जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित नकआउट चरणमा प्रवेश

। डेनिस उन्डाभले दोस्रो हाफमा मैदान प्रवेश गर्दै दुई गोल गरेपछि जर्मनी आइभरी कोस्ट विरुद्ध २-१ को पुनरागमन जित हात पार्दै फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

समूह इ अन्तर्गत आइतबार बिहान क्यानडाको टोरन्टोको भएको खेलमा उन्डाभले इन्जुरी टाइममा विजयी गोल गरेका थिए ।

लगातार दोस्रो जितपछि जर्मनी एक खेल अगावै नकआउट चरणमा पनि प्रवेश गरेको छ । जर्मनीले दुई खेलबाट ६ अंक जोडेर समहु इ को शीर्ष स्थानमा छ ।

सन् २०१४ मा ब्राजिलमा विश्वकप उपाधि जितेपछि जर्मनी पहिलो पटक नकआउट चरणमा पुगेको हो ।

पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

६०औं मिनेटमा जमाल मुसिएलाको स्थानमा मैदान प्रवेश गरेका उन्डाभले ६८औं मिनेटमा पहिलो गोल गर्दै खेल बराबरी गरेका थिए । उनले नादिएम अमिरीको असिस्टमा गोल गरेका थिए ।

बराबरीतर्फ अघि बढिरहेको खेलको इन्जुरी टाइमको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले गोल गर्दै जर्मनीलाई लगातार दोस्रो जित दिलाएका हुन् । जारी विश्वकपमा सुबर सबको भुमिकामा देखिएका उन्डाभको यो तेस्रो हो । पहिलो खेलमा कुरासाओलाई ७-१ ले पराजित गर्दा उनले एक गोल गरेका थिए ।

त्यसअघि कप्तान फ्रान्क कसीले ३०औं मिनेटमा गोल गर्दे आइभरी कोस्टलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । तर आइभरी कोस्टले उक्त अग्रता कायम राख्न सकेन ।

पहिलो हाफमै जर्मनीले दुई गोल गरेपनि त्यसले मान्यता पाउन नसक्दा अग्रता अग्रता लिने अवसर गुमाएको थियो । दोस्रो हाफमा पनि जर्मनीले गोलको केही अवसर गुमाएको थियो ।

५९ प्रतिशत बल पोसेसन राखेको जर्मनीले खेल अवधिभर कूल १६ सट टार्गेटमा प्रहार गर्दा ७ अन टार्गेटमा थियो भने आइभरी कोस्टले २ सट मात्र टार्गेटमा प्रहार गरेको थियो ।

जर्मनीले अब इक्वेडरसँग अन्तिम खेल खेल्ने बाँकी छ । आइभरी कोस्टले अब समुहकोअन्तिम खेलमा कुरासाओ विरुद्ध खेल्नेछ । पहिलो खेलमा पराजित भएका दुई टोद्यी इक्वेडर र कुरासाओ पहिलो जित हात पार्ने लक्ष्यसहित आइतबार बिहान खेल्दैछन् । यो खेल बिहान पौने ६ बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम