मुख्य समाचार
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ गोल अन्तरले पराजित
नेदरल्यान्ड्सले स्वीडेनलाई ५-१ गोल अन्तरले पराजित

। ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई-दुई गोल मदतमा नेदरल्यान्ड्स फिफा विश्वकप २०२६ शनिबार स्वीडेनलाई ५-१ ले पराजित गरेको छ ।

समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ ।
पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समुह एफ को दोस्रो स्थानमा छ ।

अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए ।

पहिलो खेलमा ट्युनिसियामाथि शानदार जित हात पारेको स्वीडेनले नेदरल्यान्ड्सलाई टक्कर दिने अपेक्षा थियो । तर सुरुमै दुई गोल बेहोरेपछि स्वीडेन दबाबमा परेको थियो ।

बल पोसेसनमामा जम्मा दुई प्रतिशतले पछि परेपनि स्वीडेनले डच भन्दा धेरै सट अन टार्गेटमा हानेको थियो । तर फिनिसिङ भने चुस्त रहन सकेन ।

यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।

यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् ।

पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरे ।

दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे ।

गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको असिस्टमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३-० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।

चार गोलले पछि परेपनि स्वीडेनले फर्कने प्रयास गरेको थियो । स्वीडेनका एन्थोनी एलांगाले ५९औं मिनेटमा गोल फर्काएका थिए ।

तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५-१ बनाए ।

नेदरल्यान्ड्सले पहिलो खेलमा जापान विरुद्ध दुई पटक अग्रता लिएर पनि जोगाउन नसक्दा २-२ को बराबरीमा रोकिएको थियो । स्वीडेनमाथि प्रभावशाली जितले डच टोली नकआउट चरणमा पुग्ने लगभग पक्का भएको छ ।

अर्कोतर्फ पहिलो खेलमा ट्युनिसियालाई ५-१ ले नै पराजित गरेको स्वीडेन भने नेदरल्यान्ड्ससँग सोही स्कोरमा पराजित हुँदे पहिलो हार बेहोरेको छ ।

समूह एफ अन्तर्गत आइतबार बिहान जापान र ट्युनिसियाबीच खेल हुनेछ । उक्त खेलपछि नकआउट चरण पुग्न कुन टोलीलाई कस्तो समिकरण चाहिन्छ थाहा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम