मुख्य समाचार
लिंक्डइनले आफ्ना पोस्टहरूमा रियाक्ट गर्न युजरहरूका लागि नयाँ माध्यम प्रदान गर्दै कमेन्ट सेक्सनमा जीआईएफसपोर्ट थप
लिंक्डइनले आफ्ना पोस्टहरूमा रियाक्ट गर्न युजरहरूका लागि नयाँ माध्यम प्रदान गर्दै कमेन्ट सेक्सनमा जीआईएफसपोर्ट थप

लिंक्डइनले आफ्ना पोस्टहरूमा रियाक्ट गर्न युजरहरूका लागि नयाँ माध्यम प्रदान गर्दै कमेन्ट सेक्सनमा जीआईएफसपोर्ट थप गरेको छ।

लिंक्डइन एपको लेटेस्ट भर्सनको रिप्लाई डायलग बक्स भित्र अब जीआईएफ विकल्प समावेश गरिएको छ। यस फिचरको मद्दतले युजरहरूले कुनै पनि पोस्टको रिप्लाईमा एनिमेटेड वा मुभिङ इमेजहरू सजिलै खोजेर राख्न सक्नेछन्।




लिंक्डइनको यो नयाँ अपडेट युवा पुस्ताका युजरहरूका लागि केही आउटडेटेड जस्तो लागे पनि धेरैजसो लिंक्डइन युजरहरू यस माध्यमबाट आफ्नो रियाक्सन दिन उत्साहित हुने देखिन्छन्।

लिंक्डइनले यसअघि आफ्नो मेसेजिङ फिचरमा र मार्केटर्सहरूका लागि सिंगल-इमेज एड्समा जीआईएफ सपोर्ट उपलब्ध गराउँदै आएको थियो। यद्यपि, मुख्य फिडमा जीआईएफ बजाउनका लागि पहिले त्यसलाई एमपी४ भिडियो फाइलमा कन्भर्ट गर्नुपर्ने झन्झट थियो ।




यो झन्झटलाई अब यो नयाँ इन-एप विकल्पले हटाएको छ। विशेष गरी जब युजरहरूले जब अनाउन्समेन्ट जस्ता पोस्टहरू गर्छन्, त्यहाँ परम्परागत एनिमेसनको साटो यी नयाँ जीआईएफहरू उपयोगी हुन सक्छन्।


यसका साथै लिंक्डइनले फिडभित्र पोस्टहरूको बनोटलाई अझ बढी व्यवस्थित र आकर्षक बनाउन ‘पोस्ट एक्सन बटन’ र ‘लाइक/कमेन्ट काउन्ट’ देखिने शैलीमा पनि परिमार्जन गरेको छ। नयाँ पोस्ट यूआईले यी सबै एलिमेन्टहरूलाई एउटै लाइनमा समेटेको छ, जहाँ युजरहरूले सिधै ट्याप गरेर एक्सन लिन सक्छन्।

यी दुवै प्राविधिक सुधारहरू साना देखिए पनि यसले लिंक्डइनभित्र समग्र युजर इन्गेजमेन्टलाई बढाउन सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
गुगलले आफ्नो नयाँ ल्यापटप ‘गुगलबुक’ सार्वजनिक रूपमा प्रस्तुत गर्ने मिति तय गरेको छ । कम्पनीले आगामी १५ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क शहरमा प्रत्यक्ष मिडिया कार्यक्रम आयोजना गर्ने जनाएको छ । कार्यक्रममा गुगलले गुगलबुकको सफ्टवेयर, जेमिनी एआईसँगको एकीकरण तथा यसको मूल एन्ड्रोइड कोडबेसबारे विस्तृत जानकारी दिनेछ । सहभागी पत्रकारहरूले लेनोभो, एएसयूएस र एचपीलगायत साझेदार कम्पनीहरूले तयार पारेका गुगलबुक ...
। फेसबुकको माउ कम्पनी मेटाले आफ्ना स्मार्ट चश्माहरूमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र फेस रिकग्निसन प्रविधि जोड्ने तयारी गरिरहेको छ । अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयमा हालै सार्वजनिक भएको एक नयाँ पेटेन्ट आवेदनबाट मेटाले यसमा काम अघि बढाइरहेको खुलासा भएको हो । गत फेब्रुअरीमा दर्ता गरिएको र हालै सार्वजनिक भएको ४४ पानाको उक्त पेटेन्ट कागजातमा मेटाको नयाँ प्रणालीले ...
। मेटा (फेसबुकको माउ कम्पनी) ले विश्वभर किशोरकिशोरीहरूलाई सामाजिक सञ्जालबाट रोक लगाउने कानुनको विरोध गर्न र आफ्नो ‘टीन अकाउन्ट’ लाई सुरक्षित देखाउन इन्फ्लुएन्सरहरूलाई पैसा तिरेर प्रचार गरेको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । डिजिटल अधिकार समूह ‘टेक ट्रान्सपरेन्सी प्रोजेक्ट’ (टीटीए) को रिपोर्ट अनुसार, जब–जब कुनै देशमा १६–१८ वर्षमुनिका किशोरहरूलाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने कानुनको ...
: सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्रामको मातृ कम्पनी मेटाविरुद्ध बालबालिकाको गोपनीयता उल्लंघन र मानसिक स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको अभियोगमा अमेरिकाको क्यालिफोर्नियास्थित अदालतमा औपचारिक सुनुवाइ सुरु भएको छ। क्यालिफोर्नियाको अकल्यान्डस्थित फेडरल कोर्टमा न्यायाधीश इभोन गोन्जालेज रोजर्सको इजलासमा यो ऐतिहासिक मुद्दाको प्रक्रिया अघि बढेको हो। अमेरिकाका विभिन्न २९ राज्यहरूले दर्ता गरेको यो संयुक्त याचिकाको नेतृत्व क्यालिफोर्निया, कोलोराडो, ...
युट्युबले आफ्नो भ्युज गन्ने तरिका परिवर्तन गरेको छ । पहिले भिडियो कम्तीमा ३० सेकेन्ड हेरेपछि मात्र एक भ्यू गनिन्थ्यो । अब भने भिडियो प्ले हुनेबित्तिकै वा लाइभ स्ट्रिममा कसैले जोडिने बित्तिकै तुरुन्तै भ्यू गणना हुन्छ । विभिन्न प्रकारका सामग्री (लामो भिडियो, सर्ट्स, लाइभ) मा फरक फरक तरिकाले भ्यू गनिँदा धेरै अन्योल हुने गुनासो क्रियटरहरूले गरेका थिए । ...