मुख्य समाचार
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी
फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु हुन लागेको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनबाट त्यसलाई सम्पत्तिमा रूपान्तरण गरिने बताए ।

‘जेनजी आन्दोलनपश्चात्को फागुनको २१ को निर्वाचनबाट प्राप्त मत आम्दानी हो, अब हामी संस्थागत अभ्यास गर्दै अगाडि बढ्ने हामी प्रयासमा छौं,’ प्रवक्ता झाले भने, ‘यस(महाधिवेशन)ले ती आम्दानीहरूलाई सम्पत्तिका परिणत गर्नलाई सघाउनेछ ।’

उनले हालसम्मको पार्टीका गतिबिधिलाई अभियानको संज्ञा दिए । उनले अगाडि भने, ‘अभियान र राजनीति फरक कुरा हुन् । हामी अब धेरै हदसम्म अभियानबाट वास्तविक राजनीतिमा रूपान्तरण हुँदैछौं ।’

यो महाधिवेशनले प्रक्रियागत र संस्थागत रूपमा अभियानबाट वास्तविक राजनीतिमा रूपान्तरण भइरहेको उनले टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।
। सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ । महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतले जानकारी दिए । डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, ...
। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिन र सुधारको माग गरेको छ । नेविसंघ अध्यक्ष करुणा कटुवालले आज जारी गरेको विज्ञप्तिमा एसईई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित ...
। रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार, सभापति, वरिष्ठ ...