मुख्य समाचार
गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक
गोलकिपर रुमको १५ सेभ, कुरासाओलाई विश्वकपमा पहिलो अंक

। गोलकिपर एलोय रुम नायक बन्दै १५ सेभ गरेपछि कुरासाओले इक्वेडरलाई गोलरहित बराबरीमा रोक्दै फिफा विश्वकपमा पहिलो अंक जोडेको छ ।

उत्तर अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ डेब्यु गरेको कुरासाओले दोस्रो खेलमा आएर पहिलो अंक जोडेको हो ।




अमेरिकाको कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलमा इक्वेडरले गोल गर्ने दर्जन बढी अवसर बनाएपनि कुरासाओका गोलकिपर रुमले शानदार बचाउ गरे । अमेरिकाको दोस्रो श्रेणीको युएसएल च्याम्पियनसिपमा मायमी एफसीबाट खेल्ने ३७ वर्षे रुमले खेल अवधीभर कूल १५ सेभ गरे । फिफा विश्वकपमा एकै खेलमा सर्वाधिक सेभ गर्ने कीर्तिमान अमेरिकन गोलकिपर टिम हवार्डको नाममा छ । उनले सन् २०१४ को विश्वकपमा बेल्जियम विरुद्ध अन्तिम १६ को खेलमा १६ सेभ गरेका थिए ।

९० मिनेटको नियमित समयमा भने रुम धेरै सेभ गर्ने किपर बनेका छन् । हवार्डले अतिरिक्त समयसम्म पुगेको खेलमा उक्त कीर्तिमान बनाएका थिए ।




कुरासाओले पनि गोल गर्ने केही अवसर बनाएको थियो । तर इक्वेडरका हर्नान् गालिन्डेजले पनि केही राम्रा बचाउ गरे । गालिन्डेजले ३ सेभ गरे ।



समूह ई मा जर्मनी विरुद्ध पहिलो खेलमै विश्वकपमा पहिलो गोल गरेको कुरासाओले दोस्रो खेलमा इक्वेडरलाई स्तब्ध बनाउँदे अंक खोसेको हो ।

बराबरीपछि दुवैले यस समूहमा १-१ अंक जोडेको छ ।

इक्वेडर पहिलो खेलमा अन्तिम समयमा गोल खाँदै आइभरी कोस्टसँग १-० ले पराजित भएको थियो भने कुरासाओ विश्वकपको डेब्यु खेलमा चार पटकको विजेता जर्मनीसँग ७-१ ले पराजित भएको थियो ।

फिफा विश्वकप खेल्ने विश्वकै सबैभन्दा सानो देशको कीर्तिमान बनाएको कुरासाओले यस विश्वकपमा पहिलो गोल गर्ने र पहिलो अंक जोड्ने इतिहास पनि बनाएको छ ।



कुरासाओले अब समूहको अन्तिम खेल आइभरी कोस्टसँग खेल्नेछ । कुरासाओ र इक्वेडर दुवैको नकआउट पुग्ने सम्भावना भने बाँकी नै छ तर त्यो सम्भावना अब कठिन बनेको छ । नकआउट पुग्ने सम्भावना कायम राख्न दुवैले आ-आफ्नो अन्तिम खेल जित्नुपर्नेछ ।

अन्तिम खेलमा इव्केडर र कुरासाओ पराजित भए वा बराबरीमा रोकिएमा भने नकआउट चरण पुग्ने सम्भावना समाप्त हुनेछ ।

आइतबारै बिहान चाँडै भएको खेलमा आइभरी कोस्टलाई २-१ ले पराजित गर्दै जर्मनीले नकआउट चरणमा स्थान बनाइसकेको छ । आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम