मुख्य समाचार
रास्वपाका साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो
रास्वपाका साधारण सदस्यको संख्या पाँच लाख नाघ्यो

। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । चितवनमा हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले सो तथ्यांक प्रस्तुत गरेका हुन् ।

‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले भने ।

यस्तै, ४ हजार ६३ वडामा पार्टीको वडा अधिवेशन भएर त्यहाँबाट प्रतिनिधित्व हुँदै केन्द्रीय महाधिवेशनसम्म पुगेको उनले बताए ।

उनका अनुसार केन्द्रीय महाधिवेशनअघि देशभरका ७५३ मध्ये ६१० पालिकाका अधिवेशन सम्पन्न भएका छन् । यस्तै १६५ निर्वाचन क्षेत्रमध्ये १०० वटामा क्षेत्रीय अधिवेशन र ७७ जिल्लामध्ये ६३ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको उनले जानकारी दिए ।

१३ वटा जिल्लाबाट तदर्थ समितिकै तर्फबाट महाधिवेशनमा सहभागिता भइरहेको उनले बताए ।

यस्तै, ६ वटा प्रदेशमा प्रदेश अधिवेशन सकिएको उनले जानकारी दिए । ‘मधेश प्रदेशको केही प्राविधिक कारणले बाँकी रह्यो । सहभागिता सन्तुलित छ,’ उनले भने ।

महाधिवेशनमा हालसम्म ३९१८ जना महाधिवेशन प्रतिनिधि दर्ता हुन आएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कांग्रेस सभापति गगन थापा रास्वपाको पहिलो महाधिवेशन उदघाटन सत्रमा सहभागी हुने भएका छन् । स्वकीय सचिव शंकर कुइँकेलले रास्वपा महाधिवेशनको उदघाटन सत्रमा शुभकामना मन्तव्य दिन गगन थापा जान लागेको जानकारी दिए । विपक्षी दलहरूलाई रास्वपाले महाधिवेशनको उदघाटनमा सहभागी हुन निम्तो दिएको थियो । रास्वपा महाधिवेशन आज चितवनको भरतपुरस्थित गेष्टहाउस चौरमा उदघाटन हुँदैछ ।
। सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार र प्रवर्द्धनपछि गुल्जार भएको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा अनुमान गरेभन्दा बढी सङ्ख्यामा पर्यटक आउन ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरू बिक्रीका लागि राखिएको छ । महाधिवेशन स्थलमा स्थापना गरिएको बिक्री कक्षमा डीडीसीका करिब २० प्रकारका दुग्धजन्य उत्पादनहरु रहेको र तिनमा ५ देखि १० प्रतिशतसम्म छुट दिइएको डीडीसीको चितवन समेत हेर्ने बिजनेस डेभलपमेन्ट अफिसर चिरन्जीवी बस्नेतले जानकारी दिए । डीडीसीका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि, ...
। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिन र सुधारको माग गरेको छ । नेविसंघ अध्यक्ष करुणा कटुवालले आज जारी गरेको विज्ञप्तिमा एसईई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित ...
। रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार, सभापति, वरिष्ठ ...