मुख्य समाचार
आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय
आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय

। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो केन्द्रिय महाधिवेशन मंसिर २६, २७ र २८ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको छ ।

पार्टीको शुक्रवार र शनिवार बसेको केन्द्रिय समितिको बैठकले महाधिवेशनको मिति तोकेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।

बैठकले महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गर्न अध्यक्ष लिङदेनको संयोजकत्वमा मूल आयोजक समिति गठन गरेको छ । समितिमा केन्द्रिय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी, केन्द्रिय सदस्य, सल्लाहकार समिति, विभिन्न विभागका प्रमुख, प्रदेश तथा जिल्ला अध्यक्ष, संघीय र प्रदेश सांसद तथा भ्रातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन् ।

आवश्यकताअनुसार विभिन्न उपसमितिहरू गठन गर्ने अधिकार केन्द्रिय कार्यसम्पादन समितिलाई दिएको अध्यक्ष लिङदेनले जानकारी दिए ।

बैठकले केन्द्रिय निर्वाचन समितिले प्रश्तुत गरेको सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचनसम्बन्धी नियमावली तथा पार्टी निर्वाचन निर्देशिकालाई परिमार्जनसहित पारित गरेको छ । पारित कार्यतालिकाअनुसार आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्नेछ ।

सक्रिय सदस्यता वितरण अभियानलाई पनि भदौ मसान्तसम्म सञ्चालन गरिने उनले बताए । सो अवधिभित्र सक्रिय सदस्यता प्राप्त गरेका सदस्यहरू मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उम्मेदवार बन्न पाउने व्यवस्था गरिएको छ ।

भदौ मसान्तसम्म जिल्ला अधिवेशन सम्पन्न गरेका जिल्लाहरू मात्र केन्द्रिय महाधिवेशनमा सहभागी हुन योग्य हुने अध्यक्ष लिङ्देनले जानकारी दिए ।

असोज १५ देखि २४ गतेभित्र सातवटै प्रदेशको प्रदेश अधिवेशन सम्पन्न गर्ने राप्रपाले निर्णय गरेको छ । कार्तिक ११ देखि ३० गतेसम्म प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिहरूले सक्रिय सदस्यहरूमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गर्नेछन् ।

छनोट भएका प्रतिनिधिहरूको विवरण मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्नेछ । साथै, प्रदेशसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिने व्यवस्था पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल विद्यार्थी संघ (नेविसंघ) ले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा व्यवस्थापन, पुनर्योग र उत्तरपुस्तिका संरक्षणमा गम्भीर त्रुटि भएको दाबी गर्दै छानबिन र सुधारको माग गरेको छ । नेविसंघ अध्यक्ष करुणा कटुवालले आज जारी गरेको विज्ञप्तिमा एसईई नतिजा प्रकाशनका क्रममा पर्याप्त परीक्षण र प्रमाणीकरण नगरी हतारमा डाटा प्रविष्टि गर्दा हजारौं विद्यार्थीको वास्तविक शैक्षिक मूल्यांकन प्रभावित ...
। रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार, सभापति, वरिष्ठ ...
। विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुक जलवायु परिवर्तनको सबैभन्दा प्रभावित क्षेत्र बन्दै गएको निष्कर्ष निकालेको छ । ‘स्टेट अफ द क्लाइमेट इन एसिया २०२५’ प्रतिवेदनअनुसार हिमालय र तिब्बती क्षेत्रमा रहेका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने चरम वर्षा, बाढी, खडेरी र तातो हावाको लहरका घटना बढ्दै गएका छन् । हिमनदी, हिमताल र जलस्रोतमा निर्भर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय भएको छ । निर्वाचनमा भाग लिने उम्म्मेदवारहरूका लागि रास्वपाले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु हुन लागेको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनबाट त्यसलाई सम्पत्तिमा रूपान्तरण गरिने बताए । ‘जेनजी आन्दोलनपश्चात्को फागुनको २१ को निर्वाचनबाट प्राप्त मत आम्दानी हो, अब हामी संस्थागत अभ्यास गर्दै अगाडि बढ्ने ...