मुख्य समाचार
रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण
रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण

। नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाका भौतिक संरचनाको परीक्षण थालिएको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झिँको फेदीमा बाँध, छ किलोमिटर २७० मिटर लामो मुख्य सुरुङ र दुई वटा पानी थिग्राउने पोखरीको परीक्षण थालिएको हो ।

रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बाँधमा निर्माण भएको डिसेन्डरमा शुक्रबार पानी हालिएको र आइतबारदेखि सुरुङमा पानी भरिने जानकारी दिए । ‘निर्माण सकिएका बाँध र सुरुङका भौतिक संरचनाको परीक्षण गर्न थालिएको हो’, उनले भने, ‘भौतिक संरचना र विद्युत्गृहका उपकरणहरूको परीक्षणपछि आयोजना विद्युत् उत्पादनको चरणमा प्रवेश गर्छ ।’

तिल्केनीचौरमा विद्युत‌्‌गृह निर्माण सकेर रङरोगन गर्न थालिएको छ । २० मेगावाटको एक युनिट जडान भइसकेको छ भने अर्को युनिटका पाटपुर्जा जडान अन्तिम चरणमा पुुगेको छ । आयोजनाबाट उत्पादित विद्युत्‌लाई केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि विद्युत्‌गृह परिसरमा निर्माण भएको ‘स्विचयार्ड’ गत जेठ २५ गतेदेखि सञ्चालनमा आएको प्रबन्ध सञ्चालक केसीले बताए ।

भारतीय सिभिल ठेकेदार कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी)ले ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सन् २०१७ नोभेम्बर १७ विसं २०७४ मङ्सिर ६ गते) छ अर्ब रुपैयाँ ठेक्का सम्झौता गरेको थियो ।

पटकपटक गरी सन् २०२५ नोबेम्बरसम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । चौथो पटक थपिएको समयभित्र आयोजना सम्पन्न गराउने लक्ष्यअनुुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए ।

कोरोना महामारी, बाढी, पहिरो जस्ता प्राकृतिक विपद् र नदीजन्य निर्माण सामग्रीको अभावका कारण आयोजना निर्माणमा ढिलाइ भएको ठेकेदार कम्पनी जेपीका आयोजना व्यवस्थापक हरिश अग्रवालले बताए ।

भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (भेल) सँग विसं २०७६ कात्तिकमा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो ।

भारतीय आयात निर्यात (एक्जिम) बैङ्कको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल सरकारकोे संयुक्त लगानीमा कम्पनीको अवधारणा र इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कर्न्ट्याक्ट (इपिसी) प्रारुपमा राहुघाट जलविद्युत् आयोजना सञ्चालन गरिएको हो ।

कमजोर आर्थिक अवस्थाका कारण २०७२ मा पुरानो ठेकेदार कम्पनीसँगको ठेक्का तोडेर नयाँ प्रक्रियाबाट निर्माण अघि बढाइएको थियो । पछिल्लो पटक छनोट भएको सिभिल ठेकेदार जयप्रकाश एसोसिएट्स (जेपी)ले २०७५ असारमा पहुँचमार्ग र २०७६ असारमा सुरुङ खन्न सुरु गरेको थियो ।

यस आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

राहुघाटबाट उत्पादन हुने विद्युत् केन्द्रीय ग्रिडमा जोड्न कालीगण्डकी कोरीडोर अन्तरगत २२० केभी (डबल सर्किट) क्षमताको दाना–कुश्मा प्रसारण लाइनमा लिलो माध्यमबाट जोडिने छ । चार वटा टावर र प्रसारण लाइन पनि बनिसकेको आयोजना कार्यालयले जनाएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने पहिलो महाधिवेशनले नयाँ केन्द्रीय समिति चयन गर्नेछ । महाधिवेशनको पूर्वसन्ध्यामा शनिबार चितवनमा रास्वपाले केन्द्रीय समिति बैठक राखेको थियो । बैठकले संशोधित विधान पारित गरेको छ । विधान अनुसार, अब बन्ने पदाधिकारीको संख्या १९ जना रहने व्यवस्था रहेको नेता गणेश पराजुलीले जानकारी दिए । उनका अनुसार, सभापति, वरिष्ठ ...
। विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ)ले नेपालसहितका एसियाली मुलुक जलवायु परिवर्तनको सबैभन्दा प्रभावित क्षेत्र बन्दै गएको निष्कर्ष निकालेको छ । ‘स्टेट अफ द क्लाइमेट इन एसिया २०२५’ प्रतिवेदनअनुसार हिमालय र तिब्बती क्षेत्रमा रहेका हिमनदी तीव्र गतिमा पग्लिरहेका छन् भने चरम वर्षा, बाढी, खडेरी र तातो हावाको लहरका घटना बढ्दै गएका छन् । हिमनदी, हिमताल र जलस्रोतमा निर्भर ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी दर्ताको शुल्क सार्वजनिक गरेको छ । रास्वपाको पहिलो महाधिवेशन भोलिबाट सुरु हुँदैछ । तीन दिनसम्म चल्ने महाधिवेशनका लागि केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । कार्यतालिका अनुसार, आगामी मंगलबार बिहान साढे ८ बजेबाट दिउँसो ३ बजेसम्म मतदान कार्यक्रम तय भएको छ । निर्वाचनमा भाग लिने उम्म्मेदवारहरूका लागि रास्वपाले ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का प्रवक्ता मनिष झाले फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको नतिजा पार्टीको ‘आम्दानी’ मात्रै भएको टिप्पणी गरेका छन् । आइतबारबाट सुरु हुन लागेको प्रथम महाधिवेशनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलनमा बोल्दै उनले महाधिवेशनबाट त्यसलाई सम्पत्तिमा रूपान्तरण गरिने बताए । ‘जेनजी आन्दोलनपश्चात्को फागुनको २१ को निर्वाचनबाट प्राप्त मत आम्दानी हो, अब हामी संस्थागत अभ्यास गर्दै अगाडि बढ्ने ...
। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को साधारण सदस्यको संख्या ५ लाख नाघेको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् । चितवनमा हुन लागेको पहिलो राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजित केन्द्रीय समिति बैठकपछि पत्रकारसँग कुराकानी गर्दै उनले सो तथ्यांक प्रस्तुत गरेका हुन् । ‘रास्वपाको साधारण सदस्यता अहिलेसम्म पाँच लाख नाघिसकेको महामन्त्री तथा हाम्रो संगठन विभागबाट प्राप्त भएको छ,’ प्रवक्ता झाले ...