मुख्य समाचार
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्

: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए।

उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर भएको प्रकरणको केन्द्रमा क्यापिटल मार्केट,इन्स्योरेन्स र सेक्युरिटीज क्षेत्र रहेको उल्लेख गर्दै विगतदेखि भित्रभित्रै विकृत बनेको अवस्थालाई सरकारले कानुनी दायरामा ल्याउने काम गरिरहेको बताए।

'पुँजी बजारमा ठूलो विचलन आएको कुरा सबैलाई थाहा छ। एक खर्बभन्दा बढी बिगो मागेर मुद्दा चलिरहेको छ। यसको केन्द्रविन्दुमा हाम्रो क्यापिटल मार्केट, इन्स्योरेन्स स्टक र सेक्युरिटीज थिए। देशै हल्लाउने खालको विचलन भयो। भित्रभित्रै मक्किसकेको अवस्थालाई हामी ट्र्याकमा ल्याउँदैछौं,'उनले भने।
अनुसन्धानको दायरा विस्तार हुँदै जाँदा आफू पनि अनुसन्धानमा पर्न सकिन्छ भन्ने डर केही लगानीकर्तामा देखिएको हुन सक्ने उनको भनाइ छ। अर्थमन्त्री वाग्लेले सरकारले इमान्दारपूर्वक व्यवसाय गर्ने,राज्यलाई नियमित कर तिर्ने र उत्पादन तथा उद्योगमा लगानी गर्ने व्यवसायीलाई प्रोत्साहन गर्ने उद्देश्यले बजेट ल्याएको जिकिर गरे।

उनले सरकारको ध्यान अल्पकालीन बजार उतारचढावभन्दा दीर्घकालीन आर्थिक सुधारमा केन्द्रित रहेको स्पष्ट पारे। उनले भने,'हामी एक–एक घण्टामा सेयर बजारको सूचक माथि गयो कि तल आयो भनेर हेर्दैनौं। हामी युगौंसम्म प्रभाव पार्ने दूरगामी नीतिमा काम गरिरहेका छौं।'

उनले सरकारले सुशासन,पारदर्शिता र वित्तीय अनुशासनलाई प्राथमिकतामा राख्दै अर्थतन्त्रलाई दिगो रूपमा मजबुत बनाउने नीति अवलम्बन गरेको पनि औंल्याए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...