मुख्य समाचार
पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप
पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप

: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ।

उनले आफ्नो सिद्धान्तबाट पार्टी विचलित नहुने भन्दै दुविधामा बस्न जरुरी नभएको बताए । राप्रपाको इतिहास र पुराना नेतृत्व गौरव पार्टीका लागि गौरब भए पनि विगतको नेतृत्वका छोड्नु पर्ने थुप्रै कुराहरू रहेको उनको भनाइ छ ।

उनले संगठन सञ्चालनका लागि पुराना कुराहरुको अनुकरण गरे पार्टी फुट्ने र जोडिने श्रृखला चलिराख्ने तर्क गरे । व्यक्तिगत टक्कर र अहंमको जाँतोमा राप्रपालाई पारेका कारण नै पार्टी र मुलुकमा संकट पैदा भएको उनले बताए । उनले आगामी मंसिर २६, २७ र २८ गतेका लागि महाधिवेशन प्रस्ताव गरिएको भन्दै महाधिवेशनले देशलाई नयाँ सन्देश दिने धारणा राखे ।



बैठकमा राप्रपाको केन्द्रीय निर्वाचन समितिका संयोजक तोरणबहादुर गुरुङले निर्वाचन निर्देशिका, सक्रिय सदस्यता सम्बन्धि निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि नियमावली प्रस्तुत गरेका छन् भने राप्रपा महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरुङले पार्टीको सचिवालय सम्बन्धि प्रतिवेदन प्रस्तुत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...