मुख्य समाचार
इरान-अमेरिका सम्झौतापछि यसै साता 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा
इरान-अमेरिका सम्झौतापछि यसै साता 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा

: इरान-अमेरिका सम्झौतापछि यसै साता 'स्ट्रेट अफ हर्मुज' पुनः सञ्चालनमा आएको छ। यद्यपि, विश्व अझै पनि तेल संकटबाट पूर्ण रूपमा मुक्त भइसकेको छैन।

एनालिटिक्स फर्म 'केपलर' को प्रतिवेदन अनुसार, करिब चार महिना चलेको युद्धका कारण विश्व बजारबाट ११५ करोड ब्यारेल तेलको आपूर्ति गायब भएको छ। यसको असर आगामी केही महिनासम्म देखिन सक्ने अनुमान गरिएको छ।

प्रतिवेदनका अनुसार युद्धका बेला मध्यपूर्व (मिडल इस्ट)बाट तेलको आपूर्ति करिब ठप्प प्रायः रह्यो। यसका कारण विश्वका रणनीतिक र व्यावसायिक तेल भण्डारहरू (आयल रिजर्भ) द्रुत गतिमा घटेका छन्। पछिल्ला केही महिनामा मात्रै स्टकबाट १९ करोड ब्यारेल तेल रित्तिएको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको रणनीतिक भण्डार सन् १९९० यताकै सबैभन्दा तल्लो स्तरमा पुगेको छ। त्यस्तै, अमेरिकाको आपतकालीन भण्डार पनि ४३ वर्षयताकै न्यून बिन्दुमा छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार भर्सायसमा आयोजित जी-७ बैठकका क्रममा भने, 'यदि हामीले युद्ध अन्त्य नगरेको भए हाम्रो भण्डार करिब चार हप्तामा समाप्त हुने थियो।'

ट्रम्पले जुन १८ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका थिए। सो क्रममा उनले हर्मुज जलमार्ग नखुलेको भए विश्वले ठूलो आर्थिक विनाशको सामना गर्नुपर्ने चेतावनी समेत दिएका थिए।

अमेरिका-इरान सम्झौताको खबर सार्वजनिक भएसँगै विश्व बजारमा तेलको मूल्यमा गिरावट आएको छ । युद्धका बेला प्रतिब्यारेल १२६ डलरसम्म पुगेको ब्रेन्ट क्रुडको मूल्य अहिले घटेर ८० डलरभन्दा तल ओर्लिएको छ। प्रतिवेदनका अनुसार हर्मुज स्ट्रेट खुले पनि तेलको आपूर्ति तत्कालै सामान्य हुने अवस्था न्युन देखिएको छ। सबैभन्दा पहिले समुद्री मार्गमा बिछ्याइएका बारुदी सुरुङहरू हटाउनुपर्ने हुन्छ।

त्यसपछि खाली ट्याङ्करहरूको फिर्ती, तेल उत्पादनमा वृद्धि र आपूर्ति शृङ्खला (सप्लाई चेन) लाई पुरानै लयमा फर्काउन समय लाग्नेछ। तेल उद्योगसँग आबद्ध विज्ञहरूका अनुसार यो सम्पूर्ण प्रणालीलाई सामान्य बनाउन अझै धेरै महिना लाग्न सक्छ। त्यतिन्जेल विश्वले हाल उपलब्ध तेल भण्डारकै भरमा काम चलाउनुपर्ने हुन्छ। जसका कारण तेल आपूर्तिलाई सामान्य अवस्थामा ल्याउन अझै ठूला चुनौतीहरू बाँकी रहेको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम