मुख्य समाचार
कक्षा १२ मा अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण, ९ प्रतिशतले मौका परीक्षा दिन नपाउने
कक्षा १२ मा अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण, ९ प्रतिशतले मौका परीक्षा दिन नपाउने

: राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सकिएको ३९औं दिनमा शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशन गरेको छ। गत वर्ष ७८ दिन लगाएर परीक्षाफल प्रकाशन गरेको बोर्डले यस वर्ष भने सरकारको कार्यादेशअनुसार चाँडै परीक्षाफल प्रकाशन गरेको हो।

गत वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा नियमित र आंशिक गरी कुल ४ लाख ९५ हजार १ सय ७० विद्यार्थी परीक्षार्थी सहभागी रहेका थिए। प्रकाशित नतिजाअनुसार आंशिकतर्फका ३६ हजार ४ सय २० सहित कुल २ लाख ६८ हजार १ सय ९० परीक्षार्थी उत्तीर्ण भएका छन्। नियमित र आंशिक गरी ६४.३१ प्रतिशत परीक्षार्थीले कक्षा १२ को परीक्षा उत्तीर्ण गर्न सफल भएका बोर्डले जनाएको छ।

नतिजाअनुसार नियमिततर्फ ३ लाख ३२ हजार २ सय ४१ परीक्षार्थीमध्ये २ लाख ३१ हजार ७ सय ७० अर्थात् ६९.७५ प्रतिशत उत्तीर्ण भएका छन्।

नतिजा सुधारोन्मुख

नियमित परीक्षार्थीको परीक्षाफल विश्लेषण गर्दा गत वर्षभन्दा यो वर्ष ९ प्रतिशत बढी विद्यार्थी उत्तीर्ण भएका परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाएका छन्।
राष्ट्रिय परीक्षा बोर्डले कमजोर नतिजा भएका प्रदेश, जिल्ला, पालिका हुँदै विद्यालय केन्द्रित सिकाइ प्रभावकारी अनुसन्धान र विश्लेषण गरेर कार्ययोजना बनाउँदा नतिजामा सुधार आएको उनले दाबी गरे।

गाउँपालिका र नगरपालिका महासंघसँग सहकार्य गरेर चार सय बढी पालिकामा बोर्डले विषयविज्ञ पढाएर पाठ्यक्रम, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलगायतको तालिम दिएको उनले जानकारी गराए। ‘शिक्षण सिकाइ प्रभावकारी बनाउन गत वर्ष दुई हजारभन्दा बढी शिक्षकलाई अभिमुखीकरण र तालिम दिँदा यो वर्ष ९ प्रतिशतले नतिजामा सुधार आएको देखियो,’ परीक्षा नियन्त्रक शर्माले दाबी गरे।

अंग्रेजी र लेखामा बढी अनुत्तीर्ण
सार्वजनिक नतिजाअनुसार नियमिततर्फ १ लाख ४ सय ७१ विद्यार्थी अर्थात् ३०.२५ प्रतिशत ‘एनजी’ (नन्ग्रेडेड) भएका छन्। सबैभन्दा बढी विद्यार्थी अंग्रेजीमा नन्ग्रेडेड भएका उपपरीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताएका छन्। उपनियन्त्रक घिमिरेले जनाएअनुसार अनिवार्य अंग्रेजीमा १४ प्रतिशत विद्यार्थी नन्ग्रेडेड भएका छन्।

अंग्रेजीपछि लेखा विषयमा बढी अनुत्तीर्ण रहेका उनले बताए। घिमिरेले जनाएअनुसार मौका परीक्षामा सहभागी हुन् पाउने विद्यार्थी पनि अंग्रेजी र लेखा विषयकै बढी रहेका छन्।

९ प्रतिशतले मौका परीक्षा दिन नपाउने
नियमिततर्फ नन्ग्रेडेड भएका भएका १ लाख ४ सय ७१ विद्यार्थीमध्ये ९ प्रतिशत विद्यार्थीले भने ९ प्रतिशतले ग्रेड वृद्धिको लागि मौका परीक्षा दिन नपाउने उपपरीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताएका छन्।

दुईभन्दा बढी विषयमा ‘एनजी’ प्राप्त गरेका वा अनुपस्थित भएका विद्यार्थीले मौका परीक्षा दिन नपाउने व्यवस्थाअनुसार उनीहरू यस अवसरबाट वञ्चित भएका बताइएको छ।

कुन जीपीएमा कति विद्यार्थी ?
बोर्डले सार्वजनिक गरेको विवरणअनुसार २.८१ देखि ३.२० जीपीए समूहमा सबैभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन्। यस समूहमा ९४ हजार २ सय ४९ विद्यार्थी रहेका छन्। सबैभन्दा कम संख्या रहेको १.६१ देखि २.०० जीपीए समूह हो। यसमा ९ जनामात्र छन्। सर्वोत्कृष्ट जीपीए समूह ३.६१ देखि ४.० सम्म ल्याउनेको संख्या भने १७ हजार ७ सय ८६ रहेको छ।

त्यस्तै २.८१ देखि ३.२० जीपीए समूहमा ९४ हजार २ सय ४९ जना र २.४१ देखि २.८० जीपीए ल्याउनेमा ५० हजार ५ सय ९७ जना रहेका छन्।

बागमतीको सर्वोत्कृष्ट नतिजा
कक्षा १२ मा सबैभन्दा बढी विद्यार्थी बागमती प्रदेशबाट सहभागी रहेका थिए। बागमतीमा ७८ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका उपपरीक्षा नियन्त्रक कृष्णप्रसाद घिमिरेले बताए। सबैभन्दा कम कर्णाली उत्तीर्ण हुने प्रदेशमा कर्णालीले मधेस प्रदेशलाई उछिनेको छ। कर्णालीबाट सहभागी परीक्षार्थीमध्ये ६४ प्रतिशतमात्र उत्तीर्ण रहेका उपनियन्त्रक घिमिरेले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...