मुख्य समाचार
विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु
विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु

: मोरङको रतुवामाई नगरपालिकामा विद्युत लाइन मर्मत गर्नेक्रममा करेन्ट लाग्दा नेपाल विद्युत प्राधिकरणका एक जना कर्मचारीको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका–४ निवासी ४६ वर्षीय सुर्जानन्द मण्डल रहेका छन् ।

मण्डल नेपाल विद्युत प्राधिकरणअन्तर्गत रंगेली वितरण केन्द्रमा करार सेवामा कार्यरत थिए । प्रहरीका अनुसार शुक्रबार दिउँसो रतुवामाई–१ हटिया डाँडास्थित विद्युत पोलमा चढेर लाइन मर्मत गरिरहेका बेला अचानक उनलाई करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनी गम्भीर घाइते भएका थिए ।

उद्धार गरेर तत्काल उपचारका लागि रंगेली अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई बचाउन सकेनन् । अस्पतालले दिउँसो करिब २:३० बजे मण्डललाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

घटनापछि मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । घटनाको कारण र प्राविधिक पक्षका बारेमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जावलाखेलमा भोटो जात्रा मनाइएको छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौंथो दिन शनिबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो । भोटो अवलोकन गर्न राष्ट्रपति पौडेलसँगै प्रधानमन्त्री बालेन शाह लगायतका उच्च पदस्थ व्यक्तिहरू पुगेका थिए । मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको ...
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...