। मनास्लु पदमार्ग अन्तरगत पर्ने उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका केही स्थानमा खच्चड आवतजावतमा रोक लगाइने भएको छ ।
वडा नम्वर ३ को झरना क्षेत्र र वडा नम्वर ५ को ड्याङ क्षेत्रमा खच्चड आवतजावत बन्द गरिने पालिकाले जनाएको छ ।
सार्वजनिक सूचना जारी गर्दैै पालिकाले यही असार १० देखि १८ गतेसम्म सो क्षेत्रमा खच्चड आवतजावत नगराउन आग्रह गरेको छ । फिलिम–लार्के पास पदमार्ग स्तरोन्नतीका लागि केही दिन रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताए ।
‘पदमार्ग स्तरोन्नतीका लागि सो क्षेत्रमा ढलान तथा रेलिङ निर्माण गर्नुपर्ने छ,’ उनले भने, ‘त्यसैका लागि केही दिन खच्चड नहिडाउन भनेका हौं ।’
असार १९ गतेबाट उक्त बाटो खुल्ला गरिने उने जानकारी दिए । सडक सञ्जाल नजोडिएका कारण चुमनुव्री गाउँपालिकामा दैनिक उपभोग्य सामग्री खच्चडबाट ढुवानी हुने गर्छ ।
निर्माण सामाग्री ढुवानीको मुख्य वहाक पनि खच्चड नै हो । बाटो बन्द हुदाँ नागरिकलाई पर्न जाने असरप्रति पालिकाले क्षमा याचनासमेत गरेको छ ।