मुख्य समाचार
अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी
अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी

: अमेरिकी अधिकारीहरूले इजरायल र हिज्बुल्लाहबीच युद्धविरामका लागि सहमति भएको दावी गरेका छन् । यो सहमति दक्षिणी लेबनानमा इजरायलले गरेको तीव्र हवाई आक्रमणपछि आएको हो, जसमा ४७ जनाको मृत्यु भएको बताइएको छ ।

युद्धविरामको घोषणा हुनु अघि भएका झडपहरूमा हिज्बुल्लाहले लेबनानभित्र चार जना इजरायली सैनिकलाई मार्न सफल भएको जनाएको थियो । यी घटनाले अमेरिका–इरान युद्ध अन्त्य गर्न गरिएको सम्झौतामा असर पर्ने चिन्ता बढाएको थियो । इजरायली सेनाले युद्धविराम लागू भएको पुष्टि गरेको छ। तर पछि सेनाका प्रवक्ताले ‘तत्काल खतराहरू हटाउने कार्य जारी रहने’ बताएका छन् । हिज्बुल्लाहले औपचारिक रूपमा युद्धविरामको पुष्टि नगरे पनि उसका महासचिव शेख नइम कासिमले भने, ‘हिज्बुल्लाहलाई समाप्त गर्ने योजना असफल भएको छ ।’

युद्धविरामपछि पनि हवाई आक्रमण



लेबनानको नबातियेह शहरका उद्धारकर्मीहरूका अनुसार स्थानीय समय अनुसार साँझ ४ बजे युद्धविराम लागू भएपछि पनि कम्तीमा १२ वटा हवाई आक्रमण भएका छन् । यसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग गरेको सम्झौताको भविष्यबारे प्रश्न उठाएको छ । सम्झौतामा अमेरिका–इरान युद्धविरामसँगै लेबनानमा पनि युद्धविरामको व्यवस्था गरिएको थियो । तर जमिनमा अवस्था त्यसअनुसार देखिएको छैन । इरानले ट्रम्पमाथि इजरायललाई नियन्त्रण गर्न नसकेको आरोप लगाएको छ । ट्रम्प स्वयंले पनि आफ्ना सहयोगी इजरायली प्रधानमन्त्री बेन्जामिन तेहन्याहूमाथि नागरिकको अनावश्यक हत्या गरेको आरोप लगाएका छन् ।
इजरायलको कडा प्रतिक्रिया
इजरायलका अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षा मन्त्री इतामार बेन–गभिरले चार सैनिकको मृत्युबारे प्रतिक्रिया दिँदै भने, ‘लेबनान जल्नु पर्छ । प्रत्येक इजरायली आमाको आँशुका बदलामा एक हजार लेबनानी आमाहरू रुनुपर्छ ।’ यसको जवाफमा इरानी विदेशमन्त्री अब्बास अराघचीले इजरायल ‘स्थायी युद्ध चाहने’ पक्ष भएको आरोप लगाए । उनले सम्झौताको कुनै पनि उल्लंघनको जिम्मेवारी अमेरिकामाथि पनि जाने चेतावनी दिए ।

दुवै पक्षमा दबाब
प्रधानमन्त्री नेतन्याहूमाथि हिज्बुल्लाहविरुद्ध सैन्य कारबाही जारी राख्न आन्तरिक दबाब छ । अर्कोतर्फ, इरान समर्थित हिज्बुल्लाहले दक्षिणी लेबनानबाट इजरायली सेना नहटेसम्म आक्रमण जारी राख्ने जनाएको छ । युद्धविराम घोषणा भएपछि इजरायली सेनाका प्रवक्ता एफी डेफ्रिनले भने, ‘हामी तत्काल खतराहरू हटाउने, हिज्बुल्लाहका उल्लंघनको जवाफ दिने र आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्ने काम जारी राख्नेछौं ।’

हिज्बुल्लाहका नेता नइम कासिमले पनि प्रतिक्रिया दिँदै भने, ‘हिज्बुल्लाहलाई समाप्त गर्ने योजना असफल भयो र इजरायलले हाम्रो भूमिको अन्तिम इन्चसम्म छोड्नु पर्नेछ ।’

ठूलो मानवीय क्षति
हिज्बुल्लाहले दक्षिणी लेबनानमा इजरायली सैनिकमाथि घात लगाएर आक्रमण गरेको, तीनवटा ट्यांक निर्देशित मिसाइलबाट नष्ट गरेको तथा रकेट र तोप आक्रमण गरेको दाबी गरेको छ । यस क्रममा एक बटालियन कमाण्डरसहित चार इजरायली सैनिक मारिएका थिए । लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो इजरायली हवाई आक्रमणमा ४७ जनाको मृत्यु भएको छ भने ९७ जना घाइते भएका छन्। मृतकमध्ये महिला र बालबालिकासमेत रहेका छन् ।

सन् २०२५ मा सुरु भएको पछिल्लो द्वन्द्वयता लेबनानमा ३,९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ११,६०० भन्दा बढी घाइते भएका छन् । करिब १० लाख मानिस अझै विस्थापित अवस्थामा रहेका छन् र दक्षिणका दर्जनौँ बस्तीहरू पूर्ण रूपमा ध्वस्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम