मुख्य समाचार
पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने
पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनको भरतपुरमा हुने पहिलो राष्ट्रिय महाधिवेशनको सुरक्षाका लागि १ हजार ८७ जनपद प्रहरी परिचालन गरिने भएको छ ।

भोलि असार ७ गतेदेखि ९ गतेसम्म हुने महाविधेशनको सुरक्षालाई मध्यनजर गरेर उच्च सुरक्षा व्यवस्था अपनाउन लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख रामेश्वर पौडेलले जानकारी दिए ।

उनका अनुसार महाधिवेशनको सुरक्षाका लागि एक हजार ८७ जनपद प्रहरी परिचालन गरिने बताए। उनले महाधिवेशनको खुला सत्र र बन्द सत्रका लागि छुट्टाछुट्टै सुरक्षा रणनीति बनाइको जानकारी दिए ।

सडकमा ट्राफिक व्यवस्थापनका लागि १६५ ट्राफिक प्रहरी परिचालन गरिएको उनले बताए । महाधिवेशन अवधिमा ठूलो सङ्ख्यामा सहभागी तथा सवारीसाधनको चाप बढ्ने भएकाले ट्राफिक व्यवस्थापनलाई असहजता नहोस् भनेर विभिन्न ठाँउमा सवारी साधनहरु राख्न प्रबन्ध गरिएको छ ।

प्रहरीले भरतपुरको बीरेन्द्र क्याम्पस पछाडिको चौर र भरतपुर केन्द्रीय बसपार्कमा सहभागीहरुले ल्याउने ठूला सवारीलाई राख्ने प्रवन्ध गरिएको छ ।

रास्वपाको बन्दसत्रमा करिब तीन हजार ५०० देखि चार हजार प्रतिनिधि सहभागी हुनेछन् भने उद्घाटन सत्रमा ४० हजार जना स्वतस्र्फूत रुपमा सहभागी हुने अपेक्षा पार्टीले गरेको रास्वपा चितवनका सभापति मिनि माधव खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले पुँजी बजारमा देखिएको उतारचढावबारे सरकारको धारणा स्पष्ट पारेका छन्। शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक ऐन, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले पुँजी बजारमा देखिएको अस्वाभाविक गतिविधिमाथि अनुसन्धान भइरहेको र त्यसले केही लगानीकर्तामा त्रास सिर्जना गरेको हुनसक्ने बताए। उनले हाल एक खर्ब रुपैयाँभन्दा बढी बिगो माग गर्दै मुद्दा दायर ...
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...