मुख्य समाचार
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ

। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो ।

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो ।

महानगरपालिकाका अनुसार महोत्सव असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा प्राप्त लघु चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

कार्यक्रम व्यवस्थापनका लागि स्थानीय संघसंस्था छनोट गरिएको छ । पहिलो दिनको कार्यक्रम इकोज इन द भ्यालीले व्यवस्थापन गरेको छ भने शनिबार असन क्षेत्रमा नीलः सांस्कृतिक क्लबले महोत्सव सञ्चालन गर्नेछ । यसैगरी, बालाजु, बागबजार, यट्खा बहाल, लगनटोल र मैतीदेवी क्षेत्रमा पनि महोत्सवका कार्यक्रम आयोजना गरिनेछन् ।

महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउने, रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने तथा स्थानीय स्तरमा सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्र, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक कार्यक्रम तथा मौलिक खानाका परिकारसमेत प्रस्तुत गरिनेछन् ।

यसै अवसरमा फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ र ‘बेस्ट साउन्ड क्रियसन अवार्ड’ जितेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।

निर्देशक अविनाशविक्रम शाहको उक्त चलचित्रले कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।

महानगरपालिकाले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएका लेखक, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित सम्पूर्ण सर्जकको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको जनाएको छ। काठमाडौं र फ्रान्सको कान्स दुवै सहर युनेस्को क्रियटिभ सिटिज नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘काठमाडौं फिल्म फेस्टिभल २०८३’ शुक्रबारबाट सुरु हुँदैछ । काठमाडौंको मौलिक संस्कृति, परम्परा र सम्पदालाई विश्वव्यापी रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस महोत्सवको उद्‍घाटन शुक्रबार वसन्तपुरमा गरिने भएको छ । फेस्टिभलका भेन्यू वसन्तपुर, राष्ट्रिय सभा गृह, जय नेपाल हल, नेपाल पर्यटन बोर्ड र तारागाउँ नेक्स्ट म्युजियम बौद्ध रहेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै ...
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...