मुख्य समाचार
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ
काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ

। काठमाडौं महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’को औपचारिक शुभारम्भ गरेको छ । महानगरले शुक्रबार खुलामञ्चमा विशेष कार्यक्रम आयोजना गर्दै महोत्सवको सुरुआत गरेको हो ।

महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले महोत्सवको उद्घाटन गरिन् । महोत्सवको पहिलो दिन अमन शाही निर्देशित लघु चलचित्र ‘नन्द’, ताराङ निर्देशित ‘सवारी साहित्य’ र इशान भुषाल निर्देशित ‘पेन्गुइन रिभोलुसन’ प्रदर्शन गरियो ।

महानगरपालिकाका अनुसार महोत्सव असार महिनाभर हरेक शुक्रबार र शनिबार काठमाडौंका विभिन्न सार्वजनिक स्थल, पार्क, डबली र चोकहरूमा सञ्चालन हुनेछ । चलचित्र विकास बोर्ड, ब्रिटिस काउन्सिल नेपाल, युनेस्को, किम्फ र नेपाल फिल्म एकेडेमीसँगको सहकार्यमा प्राप्त लघु चलचित्रहरू प्रदर्शन गरिनेछन् ।

कार्यक्रम व्यवस्थापनका लागि स्थानीय संघसंस्था छनोट गरिएको छ । पहिलो दिनको कार्यक्रम इकोज इन द भ्यालीले व्यवस्थापन गरेको छ भने शनिबार असन क्षेत्रमा नीलः सांस्कृतिक क्लबले महोत्सव सञ्चालन गर्नेछ । यसैगरी, बालाजु, बागबजार, यट्खा बहाल, लगनटोल र मैतीदेवी क्षेत्रमा पनि महोत्सवका कार्यक्रम आयोजना गरिनेछन् ।

महानगरपालिकाले नेपाली चलचित्र क्षेत्रको विकास र विस्तारमा योगदान पुर्‍याउने, रचनात्मक उद्योगलाई समुदायसँग जोड्ने तथा स्थानीय स्तरमा सांस्कृतिक गतिविधि प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको जनाएको छ । महोत्सवमा चलचित्र प्रदर्शनसँगै चलचित्र, कला तथा रचनात्मक उद्योगसम्बन्धी संवाद, सांस्कृतिक कार्यक्रम तथा मौलिक खानाका परिकारसमेत प्रस्तुत गरिनेछन् ।

यसै अवसरमा फ्रान्समा आयोजित ७९औँ कान्स फिल्म फेस्टिभलमा ‘अन सर्टेन रिगार्ड’ विधातर्फ ‘जुरी प्राइज’ र ‘बेस्ट साउन्ड क्रियसन अवार्ड’ जितेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’लाई काठमाडौं महानगरपालिकाले नगद १० लाख रुपैयाँसहित सम्मान गरेको छ ।

निर्देशक अविनाशविक्रम शाहको उक्त चलचित्रले कान्स फिल्म फेस्टिभलमा ऐतिहासिक सफलता हासिल गरेको थियो ।

महानगरपालिकाले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्‍याएका लेखक, निर्माता, निर्देशक, कलाकार तथा प्राविधिकसहित सम्पूर्ण सर्जकको सम्मानस्वरूप उक्त पुरस्कार प्रदान गरेको जनाएको छ। काठमाडौं र फ्रान्सको कान्स दुवै सहर युनेस्को क्रियटिभ सिटिज नेटवर्कअन्तर्गत चलचित्र विधाका सदस्य सहर हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सोनी र मार्भलको कमिक बुकमा आधारित फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले प्रदर्शनमा आएको ६ दिनमै विश्वव्यापी रूपमा १ अर्ब अमेरिकी डलरभन्दा बढी कमाइ गरेको छ । टम हल्यान्ड सुपरहिरोको भूमिकामा रहेको यो फिल्मले बक्स अफिसमा लगभग कीर्तिमानी गतिमा उक्त उपलब्धि हासिल गरेको हो । सन् २०१९ को सुपरहिरो फिल्म ‘एभेन्जर्सः एन्डगेम’ले मात्र यो आँकडा ...
सुपरहिरो फिल्म ‘स्पाइडर-म्यानः ब्रान्ड न्यु डे’ले विश्वव्यापी टिकट बिक्रीबाट ९२७ मिलियन अमेरिकी डलर कमाउँदै इतिहासकै दोस्रो ठूलो ओपनिङ सप्ताहन्त हासिल गरेको छ । फिल्मले आफ्नो अनुमानित २२५ मिलियन डलरको निर्माण बजेटलाई पनि सहजै उछिनेको छ । वास्तविक जीवनका श्रीमान-श्रीमती टम हल्यान्ड र जेन्डाया अभिनीत यो फिल्म विश्वव्यापी ओपनिङका आधारमा ‘एभेन्जर्सः इन्डगेम’भन्दा मात्र पछाडि छ । सन् ...
। दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन् । रोचक के छ भने, उनी गैरआवासीय नेपाली संघ (एनआरएनए) को वर्तमान कार्यसमितिमा हङकङबाट ‘दोस्रो पुस्ता संयोजक’ पदमा कार्यरत छिन् । शनिबार बेलुका सम्पन्न प्रतिस्पर्धात्मक फिनालेमा ढकालले तीन राष्ट्रिय कीर्तिमान रचिन् । पहिलो- मिस नेपाल बन्ने पहिलो गैरआवासीय नेपाली । अहिलेसम्म थुप्रै गैरआवासीय ...
। ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ । कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ । फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट ...
सोनी र मार्भल स्टुडियोजको ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ आजदेखि विश्वभर प्रदर्शनमा आएको छ । नेपालमा त यसले २ करोड ६८ लाख रुपैयाँ ग्रसको कीर्तिमानी अग्रिम टिकट बिक्री गरेको छ । फिल्मले विश्वव्यापी बक्स अफिसमा अनुमानित ४६५ मिलियन अमेरिकी डलरको ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ । केही हलिउड संचारमाध्यमले यो फिल्मले यो वर्षकै सबैभन्दा ठूलो ओपनिङ गर्ने ...