मुख्य समाचार
बाबुको हत्या आरोपमा आमा–छोरा पक्राउ
बाबुको हत्या आरोपमा आमा–छोरा पक्राउ

: कालीकोटमा ४८ बर्षीय सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा प्रहरीले आमा–छोरा दुबैलाई पक्राउ गरेको छ । सान्नित्रिबेणी गाउँपालिका–४ मेहलमुडी घर भई हाल सोही गाउँपालिका–९ मुम्रा बस्ने सूर्यबहादुर शाहीको हत्या गरेको आरोपमा उनकै श्रीमती र छोरालाई जिल्ला प्रहरी कार्यालय कालीकोटले पक्राउ गरेको हो ।

यही जेठ २७ गते साँझ ८ बजेर ३० को समयमा सान्नीत्रिवेणी गाउपालिका–९ सुपेचौरस्थित गोरेटो बाटोमा सूर्यबहादुर शाही मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक हिमबहादुर खत्रीले बताए । ‘उनले भने अनुसन्धानको क्रममा उनकै छोरा र श्रीमतीको संग्लनता भेटिएकाले थप अनुसन्धानका लागि आमा–छोरालाई बिहीबार नियन्त्रणमा लिएका हौं ।’

घटमा संलग्न १८ वर्षीय छोरा रुपेश शाही र ४१ वर्षीया सूर्यबहादुर शाहीकी श्रीमती राजकला शाहीले जेठ २७ गते सुपेचौरस्थित गोरेटो बाटोमा ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको खुल्न आएको छ । पक्राउ परेकी शाहीकी श्रीमती र छोरालाई कालीकोट जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घरायसी विवादले ठुलो रुप लिएपछि घटनाले फरक मोड लिएको हुन सक्ने प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: सरकारले दुई महिनाभित्र बसेका मन्त्रिपरिषदका १५ बैठकका निर्णयहरु एकै पटक सार्वजनिक गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले दुई महिनाभित्र मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु एकै पटक सार्वजनिक गरेका हुन् । वैशाखमा बसेका ९ र जेठका ६ वटा बैठकको निर्णय आज सार्वजनिक गरिएको हो ।
: राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीले अघि सारेका एजेण्डाहरुलाई पार्टीभित्रकै केहि नेताहरुले तुहाउने काम गरेको आरोप लगाएका छन् । शुक्रबारबाट काठमाडौंमा सुरु पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कठिन दिनहरुमा पनि राप्रपा राजसंस्था र हिन्दू राष्ट्रको पक्षमा दृढतापूर्वक उभिँदा पार्टीभित्रकै केहि नेताहरुले त्यसलाई तुहाउने काम गरेको आरोप लगाएका हुन् ...
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको बताए। प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता ...