मुख्य समाचार
नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने
नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने

: नेपाली कांग्रेसले सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने जनाएको छ । शनिबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दल कार्यसमितिको बैठकले सरकारको काम कारवाहीको प्रारम्भिक समीक्षा गर्दै सदनमार्फत सरकारका कमी–कमजोरीबिरुद्ध सशक्त रुपमा खवरदारी गर्ने निर्णय भएको महामन्त्री प्रदीप पौडेलले जानकारी दिए ।

बैठकमा सांसदहरूलाई राष्ट्रिय मुद्दाहरुलाई उठान गर्ने, जनजीविकाका सरोकारहरूलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्न संसदीय दल र पार्टीबीच समन्वय गर्ने बिषयमा छलफल भएको उनले बताए ।

महामन्त्री पौडेलले प्रमुख प्रतिपक्षी दलले सदनमा निरन्तर आफ्ना बिषय राख्दा पनि सरकारले नसुनेको भन्दै निरन्तर रूपमा खबरदारी गरिराख्ने समेत उल्लेख गरे । उनले बिषयगत मन्त्रालयले गरेका कामका बारेमा अध्ययन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी तोकिएको भन्दै सरकारले सय दिनमा १० काम समेत गर्न नसकेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक (मेनरोड) मा भत्काउन बाँकी रहेका घर र भवनहरुमा आगामी आइतबारदेखि फेरि डोजर चल्ने भएको छ । गत बैशाख ६ र ७ गते सडक विभागले पहिलो चरणमा सडक सीमा क्षेत्रमा (दायाँ–बायाँ २५-२५ मिटर) पर्ने घर, भवनलगायतका संरचना डोजर लगाएर भत्काएको थियो । त्यस क्षेत्रमा रहेका बाँकी संरचनाहरु २५ दिनभित्र ...
। पाल्पाको बगनासकाली गाउँपालिका–६ मन्द्राङस्थित कालिगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । ​बगनासकाली गाउँपालिका–६ शिखरडाँडा का २४ वर्षीय का पुजन गाहासहित दुई जना बिहीबार बेलुकी सवा ५ बजे कालिगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए । शनिबार बिहान कालिगण्डकी किनारको टिपुवाघाटमा उनको शव फेला परेको प्रहरीले जनाएको छ । उनीसँगै ...
: नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिक्रियावादीलाई फाइदा पुग्ने गरी निराशाको खेती नगर्न पार्टीका नेताहरूलाई सुझाव दिएका छन्। शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा डिजिटल माध्यमबाट पार्टी सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ गर्दै संयोजक प्रचण्डले कतिपय मानिसहरू पार्टी, आन्दोलन र नेतृत्वप्रति अनावश्यक कचिङ्गल पैदा गर्ने कोसिसमा रहेको बताए। प्रतिक्रियावादीहरूले लोकतन्त्र र गणतन्त्रको निम्ति, संघीयता ...
। रास्वपा सभापति रवि लामिछानेले स्वस्थ प्रतिस्पर्धा गर्नका लागि पार्टीका नेताहरूलाई अपिल गरेका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा भरतपुरको दियालो फुडल्यान्डमा बसेको केन्द्रीय समितिको अन्तिम बैठकलाई सम्बोधन गर्दै उनले यस्तो अपिल गरेका हुन् । ‘पार्टी जहाँ आएको छ यहाँहरूको अनवरत साथ, विश्वास र मिहेनतका साथ आएको छ,’ सभापति लामिछानेले भनेका छन्, ‘त्यसकारण म साथीहरूलाई स्वस्थ प्रतिस्पर्धाका लागि आग्रह ...
: जिल्लाको पनौती नगरपालिका–१२ महाभिरमा बाँदर धपाउनका लागि बारीमा जडान गरिएको करेन्ट लागेर एक वृद्धाको मृत्यु भएको छ। शुक्रबार दिउँसो करिब ३ बजे ६८ वर्षीया कमला मुल्मीको आफ्नै बारीमा लगाइएको काँक्रोमा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको डीएसपी रबिन बिष्टले जानकारी दिए। प्रहरीका अनुसार काँक्रो बालीमा बाँदरको उपद्रो बढेपछि बारी वरिपरि करेन्ट प्रवाह गरिएको ...