मुख्य समाचार
स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा
स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा

। स्कटल्यान्डलाई हराउँदै मोरक्को फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

बोस्टन स्टेडियममा शनिबार बिहान भएको खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । योसँगै नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

मोरक्कोको जितमा इस्माइल साइबारीको निर्णायक गोल गरे । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै मोरक्कोको जितका लागि पर्याप्त भयो । ब्राहिम डियाजले दिएको उत्कृष्ट पासलाई उनले गोलमा परिणत गरे ।

खेल फर्किन केही राम्रो अवसर पाएपनि स्कटल्यान्ड सफल हुन सकेन ।

समूह ‘सी’ मा मोरक्कोले २ खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा छ । मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो ।

हाइटीलाई हराएको स्कटल्यान्ड ३ अंकसहित दोस्रो स्थानमा छ । एक खेल खेलको ब्राजिल एक अंकसहित तेस्रो र हाइटी अंकविहीन रहँदै चौथो स्थानमा छ । ब्राजिल र हाइटीबिचको खेल केही बेरमा सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम