मुख्य समाचार
अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति
अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति

। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ ।

विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो ।

प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र मणिन्द्र मल्लविरुद्ध म्याद थप भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक अर्याललाई असार २ गते पक्राउ गरेको थियो । ई–पासपोर्ट खरिद प्रक्रियामा भेरिएसन आदेशको दुरुपयोग गरी राज्यलाई आर्थिक भार पारेको आरोप लाग्दै आएको थियो ।

प्रतिस्पर्धात्मक टेन्डर नगरी पुरानै आपूर्तिकर्तासँग सम्झौता थप्दा राज्यलाई घाटा परेको कुरा उठ्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...
। वैदेशिक रोजगारीमा युरोपका देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले फरक फरक तीन घटनामा ती व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाची सिद्धिगंगा नगरपालिका–१ का २८ वर्षीय सन्तोष अधिकारी, दाङको फुलबारी नगरपालिका–८ का २९ वर्षीय हेमन्त केसी र सुनसरीको धरान उपमहानगरपालिका–११ का ४२ ...