। सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय भएको छ ।