मुख्य समाचार
मन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए
मन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए

। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जग्गामा कायम रहेको द्वेध स्वामित्व अन्त्य गरी किसानको हकहित संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै उनले प्रचलित कानुन बमोजिम भूमि सुधारका कार्यहरू भइरहेको जानकारी दिइन् ।

मन्त्री रावलले किसानको हित संरक्षणका लागि भूमि सम्बन्धी ऐन, २०२१ को दफा २५ ले २०२१ मङ्सिर १ गतेसम्म मोहि जनिएका व्यक्तिहरूलाई मोहि कायम गर्ने व्यवस्था गरेको स्पष्ट पारिन् ।

उनका अनुसार सोही ऐनको दफा २६ (घ) बमोजिम आधा जग्गा मोहिको हुने कानूनी सुनिश्चितता रहेको छ ।

‘भूमि सम्बन्धी ऐन तथा नियमावलीले निर्धारण गरे बमोजिम जग्गाधनी वा मोहिमध्ये कसैले पनि जग्गा बाँडफाँडका लागि निवेदन नदिएको अवस्थामा दुवैको नाममा संयुक्त जग्गाधनी कायम गरी मोहिको लगत कट्टा गर्ने व्यवस्था छ,’ उनले भनिन्, ‘साथै, उनीहरूले माग गरेको बखत उक्त संयुक्त नाममा रहेको जग्गा आधा–आधा बाँडफाँड गरिदिने कानूनी प्रावधान रहेको छ ।’

बैठकमा सांसद भुवन कुमार सुनारले पूरक प्रश्न सोध्दै बिर्ता उन्मूलन भएपनि रसुवा, नुवाकोट, गोरखा र प्युठान लगायतका जिल्लाका किसानहरू अझै उठीबास हुने अवस्थामा रहेको र उनीहरू आन्दोलित हुनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

जवाफमा मन्त्री रावलले सांसदले उठाएका विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको र सो सम्बन्धमा आवश्यक प्रक्रिया सुरु भइसकेको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...
। वैदेशिक रोजगारीमा युरोपका देश पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले तीन जना पक्राउ गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले फरक फरक तीन घटनामा ती व्यक्ति पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्घाखाची सिद्धिगंगा नगरपालिका–१ का २८ वर्षीय सन्तोष अधिकारी, दाङको फुलबारी नगरपालिका–८ का २९ वर्षीय हेमन्त केसी र सुनसरीको धरान उपमहानगरपालिका–११ का ४२ ...
। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रकै केही नेता राजसंस्था र हिन्दुराष्ट्रको मुद्दा तुहाउन लागेको आरोप लगाएका छन् । शुक्रबारदेखि काठमाडौंमा सुरु भएको राप्रपाको केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनले यस्तो आरोप लगाएका हुन् । ‘कठिनतम् दिनमा राजसंस्थाको पक्षमा उभियौं, हिन्दु राष्ट्रको पक्षमा उभियौं, भ्रष्टाचारका विरुद्ध उभियौं । हाम्रो निष्ठामा प्रश्न उठाउने ?,’ लिङ्देनले ...
। सरकारले विशेष सेवा ऐन ०४२ व्यवस्था जगाउनेसम्बन्धी विधेयक संघीय संसद्‌मा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले योसँगै नेपाल धितोपत्र बोर्डको रिक्त अध्यक्ष पदमा कैलालीका डा गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्यस्तै सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमाको सिद्धान्त स्वीकृत गर्ने ...
। सरकारले सहकारी सम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. विक्रम तिमिल्सिनाले जानकारी दिए । उनका अनुसार बचत तथा ऋण सहकारी नियमन तथा सुपरिवक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने ...