मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा

। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो महाधिवेशनमा शुभकामना मन्तव्यका लागि दलहरूको प्रमुखलाई निमन्त्रणा गरेको छ ।

सभापति रवि लामिछानेले दलका नेताहरुलाई निमन्त्रणा गरेको पत्र महामन्त्री कबिन्द्र बुर्लाकोटीले पठाएका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा लगायतका दलले रास्वपाले निमन्त्रणा गरेको जानकारी गराएका छन् ।

कांग्रेसका सभापति गगन थापा शुभकामनाका लागि महाधिवेशनमा जाने/नजाने निर्णय गरिसकेका छैनन् । सभापति थापाका सचिवालयका एक सदस्यले रास्वपामा महाधिवेशनमा जाने विषयमा टुंगो नलागिसकेको जानकारी गराए ।

एमाले अध्यक्ष केपी ओली रास्वपाको महाधिवेशनमा शुभकामना मन्तव्यका लागि नजाने स्वकीय सचिव निरु पालले जानकारी गराइन् । पालले अनलाइनखबरसँग भनिन्, ‘अध्यक्ष जानुहुन्न । अरू कोही व्यक्तिबारे निर्णय भइसकेको छैन । निर्णय गर्ने समय छ ।’

नेकपाका अध्यक्ष प्रचण्ड स्वास्थ्यमा अनुकूल रहे आफैं जाने भएका छन् । नेकपा नेता देवेन्द्र पौडेलले भने, ‘स्वास्थ्य राम्रो रहे आफैं जाने भन्नुभएको छ ।’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन रास्वपाको महाधिवेशनमा शुभकामना दिन जाने भएका छन् । प्रवक्ता मोहनकुमार श्रेष्ठले अध्यक्ष लिङ्देन शुभकामना दिनका लागि जाने कार्यक्रम तय भएको जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल धितोपत्र बोर्डका अध्यक्ष पदमा डा गोपालप्रसाद भट्ट नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त अध्यक्ष पदमा कैलालीका भट्टलाई नियुक्त गर्ने निर्णय गरेको हो । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोकत्वमा तीन सदस्यीय सिफारिस समिति बनाएको ...
। नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता वामदेव गौतमले अब जसरी पनि नेपालका कम्युनिस्ट एक बनाउने दाबी गरेका छन् । शुक्रबार नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै गौतमले यस्तो बताएका हुन् । ‘जे गर्दा सबैलाई मिलाउन सकिन्छ, त्यही गर्ने हो, गरिन्छ । र, पार्टी एउटा बनाइन्छ,’ गौतमले भने । आगामी निर्वाचन कम्युनिस्ट पार्टीले नै जित्ने पनि ...
। गृहमन्त्री सुधन गुरुङ र भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले संसद्मा प्रश्नहरूको सामना गरेका छन् । शुक्रबार राष्ट्रिय सभामा मन्त्रीहरूसँग भएको प्रश्नोत्तर कार्यक्रममा दुई मन्त्रीले सांसद्का प्रश्नको सामना गरेका हुन् । सुरुमा गृहमन्त्री सुधन गुरुङ रोस्ट्रम पुगे । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले नेपाली कम्युनिस्ट पार्टीका सांसद भुवनबहादुर सुनारलाई प्रश्न ...
। रवि लामिछानेविरुद्धको संगठित अपराधसम्बन्धी कसुर फिर्ता लिनका लागि काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश आत्मदेव जोशीको इजलासले शुक्रबार लामिछानेको संगठित अवराधको मुद्दा फिर्ता लिन आदेश जारी गरेको हो । सुमन खनाल लगायतको जाहेरीमा सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले अभियोग पत्र संशोधनको निवेदन दायर गरेको थियो । जोशीको ...
। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेको १२०० मेगावाट क्षमताको बूढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणको विषयमा गम्भीर रहेको बताएका छन् । शुक्रबार राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । बूढीगण्डकी आयोजनालाई कम्पनी मोडेलबाट अघि बढाउने वा प्राधिकरणमार्फत कार्यान्वयन गर्ने भन्ने विषयमा छलफल भइरहेको ...