। रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
गढीमाई नगरपालिका–२ समनपुर बजारस्थित सडकमा ना.३ त २३३७ नम्बरको ट्याक्टरले प्र.२–०३–००२ प ९८२ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिएको थियो ।
उक्त दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही नगरपालिका–४ सुन्दरपुर बस्ने ६० वर्षीय रामानन्द महराको मृत्यु भएको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको वेटर नेपाल हस्पिटल गरूडा हुँदै थप उपचारको लागि वीरंगजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिई हाल फरार मोटरसाइकल चालकको खोजी गरिरहेको छ ।