मुख्य समाचार
अमेरिका-इरान शान्ति सम्झौताको नेपालद्वारा स्वागत
अमेरिका-इरान शान्ति सम्झौताको नेपालद्वारा स्वागत

। नेपाल सरकारले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने विषयमा आज भएको ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनीतिक प्रयासको परिणाम भएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट अनुगमन गर्दै आएको उल्लेख गरिएको छ। उक्त द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक प्रभाव पारेको र त्यसको असर नेपालमा समेत परेको सरकारको भनाइ छ।

नेपालले अमेरिका–इरान शान्ति सम्झौताले पश्चिम एसियामा दीर्घकालीन शान्ति र स्थायित्व स्थापना गर्न सहयोग पुग्ने तथा द्वन्द्वका कारण प्रभावित समुद्री यातायात र व्यापारिक मार्गहरू पुनः सामान्य अवस्थामा फर्कन मद्दत गर्ने विश्वास व्यक्त गरेको छ।

नेपाल सरकारले शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने मुलुकहरूको योगदानप्रति गहिरो प्रशंसा व्यक्त गर्दै क्षेत्रीय तथा विश्वव्यापी शान्ति, स्थिरता र सहकार्य प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय समुदायले गरिरहेका सबै प्रयासप्रति आफ्नो समर्थन दोहोर्‍याएको छ।

सरकारले संवाद, कूटनीति र आपसी समझदारीमार्फत विवाद समाधान गर्ने पक्षमा नेपाल सदैव प्रतिबद्ध रहेको पनि जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फैसला कार्यान्वयनमा देखिएका कानूनी, प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारका पहल गरिने बताएकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । फैसला कार्यान्वयनसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको जवाफदेहीता अभिवृद्धि गर्दै अदालतले तोकेको समयसीमाभित्र कार्यान्वयन सुनिश्चित गर्न आवश्यक ...
। मुलुकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ...
। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का को बजेटमा प्रदूषण न्यूनीकरण र व्यवस्थित सार्वजनिक यातायातलाई उच्च प्राथमिकता दिने भएको छ । बिहीबार कार्यबाहक मेयर सुनिता डंगोलले महानगरपालिकाको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् । बजेट भाषणका क्रममा उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखेको बताइन् । ‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्न ऋण दिनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभामा बजेट छलफल क्रममा उठेका विषयबारे आज उत्तर दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । सांसदले सार्वजनिक ऋण भार बढाइएको भन्दै प्रश्न गरेका थिए । यसको जवाफमा उनले भने, ‘राज्य सञ्चालन गर्न राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन ।’ आगामी आर्थिक ...
। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ सम्म विनियोजनको ४५ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ । महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आगामी आव २०८३/८४ को बजेट प्र्रस्तुत गर्दै चालु आवको बजेट कार्यान्वयनको तथ्यांक प्रस्तुत गरेकी हुन् । उनका अनुसार जेठ मसान्तसम्म महानगरले कुल ११ अर्ब २९ करोड २९ लाख रुपैयाँ खर्च गर्न सकेको छ । चालु ...