मुख्य समाचार
चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिए
चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिए

। फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिक दक्षिण अफ्रिकासँग बराबरीमा रोकिएको छ ।

एटलान्ट स्टेडियममा भएको खेलमा अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक बराबरीमा रोकिएको हो । खेलको छैटौं मिनेटमा चेक रिपब्लिकका मिचल सादिलेकले गोल गर्दै अग्रता दिलाएका थिए ।

लामो समय अग्रता कायम गरेको चेक रिपब्लिकले अन्तिममा पेनाल्टीमार्फत गोल खान पुग्यो ।

खेलको ८३औं मिनेटमा डिबक्सभित्र चेक रिपब्लिकका खेलाडीको हातले बललाई छोएपछि दक्षिण अफ्रिकाले पेनाल्टी पाएको थियो । जसलाई तेबोहो मोकोनाले सदुपयोग गर्दै बराबरी गोल फर्काएका हुन् ।

बल पोजिसन र सर्ट प्रहारमा दक्षिण अफ्रिका दबदबा रह्यो । खेलभर दक्षिण अफ्रिकाको बल पोजिसन ६१ प्रतिशत हुँदा चेक रिपब्लिकको ३९ प्रतिशतमा सिमित रह्यो ।

दक्षिण अफ्रिकाले १७ सर्ट प्रहार गर्दा ५ सर्ट मात्र ‘अन टार्गेट’ हुन पुग्यो । १२ सर्ट प्रहार गरेको चेक रिपब्लिकले ३ सर्टमात्र ‘अन टार्गेट’ हान्यो ।

सोही समूहको अर्काे खेल मेक्सिको र दक्षिण कोरियाबिच शुक्रबार बिहान ७ बजेबाट सुरु हुनेछ ।

पहिलो खेलमा पराजित भएका दुवै टोली दोस्रो खेलमा बराबरीमा रोकिँदा नकआउट चरणमा पुग्ने सम्भावनामा धक्का लागेको छ ।

समूह ‘ए’ मा मेक्सिको र दक्षिण कोरिया एक खेलबाट समान ३ अंक जोडेका छन् । दक्षिण अफ्रिका र चेक रिपब्लिक दुई खेलबाट समान एक अंक जोडेका छन् ।

चेक रिपब्लिकसँग बराबरीपछि खेलेपछि दक्षिण अफ्रिका प्रशिक्षक ह्युगो ब्रुसले टोलीको प्रदर्शनमा गर्व लागेको बताए । ‘हामी राम्रो फुटबल मन पराउँछौं । हामी आक्रामक छौं । हामी अवसरहरू सिर्जना गर्छौ । हो, हामीले गल्ती ग¥यौं । तर म आजको प्रदर्शनमा धेरै गर्व गर्छु । चेक रिपब्लिक शक्तिशाली छ । हामीले धेरै राम्रो ग¥यौं,’ खेलपछि ब्रुसले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम