मुख्य समाचार
लुम्बिनी प्रदेशस्तरीय वैठकमा वहुमत नेताहरुले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भन्दै यथाशीघ्र नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठन अपरिहार्य भएको धारणा
लुम्बिनी प्रदेशस्तरीय वैठकमा वहुमत नेताहरुले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भन्दै यथाशीघ्र नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठन अपरिहार्य भएको धारणा

। नेकपा एमालेको लुम्बिनी प्रदेशस्तरीय वैठकमा वहुमत नेताहरुले यथास्थितिमा पार्टी अघि बढ्न नसक्ने भन्दै यथाशीघ्र नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठन अपरिहार्य भएको धारणा राखेका छन् ।

पार्टीको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव संकलन कार्यक्रम अन्तर्गत कपिलवस्तुको चन्द्रौटामा बिहीबार भएको कार्यक्रममा प्रदेश कमिटीका पदाधिकारी, १२ जिल्लाका पदाधिकारी र प्रदेशबाट प्रतिनिधित्वि गर्ने केन्द्रीय पदाधिकारी,केन्द्रीय सदस्यहरु गरी करिब सयजना नेता सहभागी थिए ।

सहभागीमध्ये वहुमत नेताहरुले नेतृत्व परिवर्तन संगै पार्टी पुनर्गठनको पक्षमा धारणा राखेका वैठकमा सहभागी एक जिल्लाका पदाधिकारीले बताए । प्रदेश कमिटीका पदाधिकारी सबै र प्रदेशका १२ जिल्ला मध्ये गुल्मी, अर्घाखांची र बांके वाहेक ९ जिल्लाका पदाधिकारी केपी ओलीको नेतृत्व परिवर्तन हुनुपर्ने भन्दै यसो नगरी पार्टीलाई पुरानै अवस्थामा फर्काउन र थप क्षति हुनबाट रोक्न नसकिने पक्षमा उभिएका वैठकमा सहभागी एक नेताले बताए ।

‘यथास्थितिमा पार्टी अघि बढ्न र आउंदै गरेका चुनावमा जित्न कठीन हुन्छ, त्यसैले छिटो भन्दा छिटो नेतृत्व परिवर्तन सहित पार्टी पुनर्गठन वा रिफर्म गरेर जानुपर्छ भन्ने वहुमत सहभागीको एक मत रह्यो’–ती नेताले भने–‘पार्टी पुनर्गठनको पक्षमा त करिब सबैको एउटै धारणा थियो तर मोडालिटी कस्तो भन्नेमा केही साथीहरुको फरक फरक धारणा थिए, कसैले अध्यक्षलाई मात्र हटाएर समाधान हुन्न,सचिवालयका सबै पदाधिकारीले छा्ड्नुपर्छ भन्ने कोणबाट पनि कुरा राख्नुभयो ।’

वैठकमा सहभागी अर्का एक नेताका अनुसार प्रदेशका १२ जिल्ला मध्ये गुल्मी, अर्घाखांचीका पदाधिकारी केपी ओलीको नेतृत्वको बचाउमा उत्रिंदै एकजना नेतृत्वलाई मात्र दोष दिएर समाधान ननिस्कने तर्क गरेका थिए । बांकी १० जिल्लाका पदाधिकारीहरुले नेतृत्व परिवर्तन सहित पार्टीको नीतिगत, संरचनागत, कार्यशैली सबै कुरामा पुनर्गठन अपरिहार्य रहेको पक्षमा उभिएका थिए । बांकेका पदाधिकारी मध्यमार्गी धारणा राखेका थिए ।



उनीहरुले गत फागुन २१ को निर्वाचनमा पार्टीको लज्जास्पद हार हुुनुका पछाडिका सबै कारणहरुको सही र वस्तुपरक समीक्षा सहित गल्ती स्वीकारेर मात्र कम्युनिष्ट आन्दोलन र पार्टीलाई अघि बढाउनन सकिने औंल्याएका थिए । विगतमा पार्टी महासचिव शंकर पोखरेल निकट रहेका रुपन्देहीका प्रदेश सांसद, पुर्व मन्त्री भूमिश्वर ढकाल, पाल्पाका पुर्व सांसद नारायण आचार्य, प्युठानका सूर्य थापा, कपिलवस्तुका पुर्व मन्त्री बलराम अधिकारी लगायतका नेताहरुले अध्यक्ष ओलीको बचाउ गर्दै पुनर्गठन गर्ने हो भने सचिवालयका पदाधिकारी सबैको पुनर्गठन हुनुपर्ने मत राखेका वैठकमा सहभागी एक नेताले जानकारी दिए । बैठकमा प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य अनुपस्थित भए ।

केन्द्रीय सदस्य सूर्य थापाले व्यक्तिकेन्द्रीत पुन:गठन अभियानले पार्टीलाई सही दिशामा नपुर्‍याउने बताएका थिए । उनले नेतृत्व पुन:गठन गर्ने भए सबै पदाधिकारीहरु घटुवा भएर केन्द्रीय सदस्यमा बसेर तयार हुनुपर्ने बताएका थिए ।

‘अहिले नेतृत्व पुन:गठन गरेर निकास हुँदैन, कुनै व्यक्ति केन्द्रीत पुन:गठनले केही अर्थ राख्दैन, अध्यक्षलाई मात्र होइन पुन:गठनमा जाने भए सबै पदाधिकारी केन्द्रीय सदस्यमा बसेर जान तयार हुनुपर्छ’ उनले भनेका थिए ।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले सहभागी नेताहरूले राखेका सुझावलाई कार्यदलले तटस्थ र गम्भीर ढङ्गले सुनेको तथा ती सुझाव पार्टीका लागि अत्यन्त उपयोगी हुने बताए ।

उनले एमालेको विशेषता विचार र बहसलाई निरुत्साहित गर्नु नभई प्रोत्साहन गर्नु रहेको उल्लेख गर्दै पार्टीभित्रको बहस स्वस्थ, मर्यादित र विधिसम्मत हुनुपर्ने धारणा राखेका छन्। बहसले पार्टीलाई सही निष्कर्षमा पुर्‍याउने र आन्तरिक एकतालाई थप मजबुत बनाउने उनको बताएका छन् ।

उपाध्यक्ष पौडेलले लुम्बिनीको कम्युनिस्ट आन्दोलनले पछिल्लो समय गम्भीर धक्का र पराजय बेहोरेको स्वीकार गर्दै त्यसबाट शिक्षा लिएर, आत्मसमीक्षा गर्दै र पार्टीलाई पुनर्गठित गरेर नेपाली कम्युनिस्ट आन्दोलनको विजययात्रा सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याए ।

उनले प्रदेशस्तरीय भेलामा सहभागी नेता–कार्यकर्ताले राखेका सुझावप्रति धन्यवाद व्यक्त गर्दै ती सुझावलाई कार्यदलको प्रतिवेदनमार्फत पार्टी नेतृत्वसमक्ष प्रस्तुत गरिने बताए । बैठकमा पार्टीका उपाध्यक्षहरू रामबहादुर थापा ‘बादल’, विष्णुप्रसाद पौडेल, पृथ्वी सुब्बा गुरुङ,गोकर्ण विष्ट, महासचिव शंकर पोखरेल तथा सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मालगायत नेताको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सरकारले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने विषयमा आज भएको ‘इस्लामाबाद समझदारीपत्र’ को स्वागत गरेको छ। अमेरिका र इरानका राष्ट्रपतिहरूबीच सम्पन्न शान्ति सम्झौता सफल कूटनीतिक प्रयासको परिणाम भएको जनाएको छ। परराष्ट्र मन्त्रालयले नेपाल सरकारले पश्चिम एसियामा द्वन्द्व सुरु भएदेखि नै त्यहाँको परिस्थितिलाई नजिकबाट अनुगमन गर्दै आएको उल्लेख गरिएको छ। उक्त द्वन्द्वले विश्व अर्थतन्त्रमा व्यापक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फैसला कार्यान्वयनमा देखिएका कानूनी, प्रक्रियागत तथा संस्थागत अवरोधहरूको समीक्षा गरी आवश्यक सुधारका पहल गरिने बताएकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन् । फैसला कार्यान्वयनसँग सम्बन्धित मन्त्रालय तथा निकायहरूको जवाफदेहीता अभिवृद्धि गर्दै अदालतले तोकेको समयसीमाभित्र कार्यान्वयन सुनिश्चित गर्न आवश्यक ...
। मुलुकै सबैभन्दा ठूलो महानगरपालिका काठमाडौंले अगामी आर्थिक वर्ष २०८३/८४ का लागि कार्यक्रम तथा बजेट, आर्थिक विधेयक र विनियोजन विधेयक पेस गरेको छ । काठमाडौं महानगरको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २५ अर्ब १३ करोड ३० लाख ५५ हजार सञ्चित कोषमा व्ययभार पर्ने र ७५ करोड अन्य वाह्य व्ययभार हुने गरी कुल २५ अर्ब ८८ करोड ...
। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का को बजेटमा प्रदूषण न्यूनीकरण र व्यवस्थित सार्वजनिक यातायातलाई उच्च प्राथमिकता दिने भएको छ । बिहीबार कार्यबाहक मेयर सुनिता डंगोलले महानगरपालिकाको २५ अर्ब ८८ करोड रुपैयाँको बजेट प्रस्तुत गरेकी छिन् । बजेट भाषणका क्रममा उनले काठमाडौं महानगरपालिका क्षेत्रभित्रका पूर्वाधार योजनालाई उच्च प्रथामिकतामा राखेको बताइन् । ‘फोहरमैला व्यवस्थापन, विद्यालय शिक्षा प्रणालीमा ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्न ऋण दिनुको विकल्प नभएको बताएका छन् । प्रतिनिधिसभामा बजेट छलफल क्रममा उठेका विषयबारे आज उत्तर दिँदै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन् । सांसदले सार्वजनिक ऋण भार बढाइएको भन्दै प्रश्न गरेका थिए । यसको जवाफमा उनले भने, ‘राज्य सञ्चालन गर्न राजस्वका अलावा सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन ।’ आगामी आर्थिक ...