मुख्य समाचार
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश
दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश

। लुइस रोमोको निर्णायक गोलमा दक्षिण कोरियालाई १-० ले पराजित गर्दै सहआयोजक मेक्सिको फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

घरेलु मैदान ग्वाडालाजारा स्टेडियममा शुक्रबार बिहान भएको संघर्षपूर्ण जितपछि मेक्सिको राउण्ड अफ ३२ मा पुग्ने पहिलो टिम बनेको हो । मेक्सिकाे समूह ए काे विजेताकाे रुपमा नकआउट चरणमा प्रवेश गरेकाे छ ।

रोमोले ५०औं मिनेटमा गरेको गोल नै मेक्सिकोको जितका लागि पर्याप्त भयो ।

खेलको ५०औँ मिनेटमा दक्षिण कोरियाका गोलकिपर किम सेउङ–ग्यु आफ्नै टोलीका खेलाडी ली गी–ह्युकसँग ठोक्किएर बल हातबाट फुत्किएपछि मेक्सिकोले फाइदा उठायो । मिडफिल्डर रोमोले सही समयमा बललाई खाली पोस्टको दिशा दिए ।

दक्षिण कोरियाले खेलको ८७औँ मिनेटमा बराबरी गर्ने राम्रो अवसर पाएको थियो । तर, चो ग्यु–सुङको नजिकैको हेडरलाई मेक्सिकोका गोलकिपर राउल रंगेलले बचाए ।

खेल भर बल पोजिसनमा मेक्सिकोभन्दा बढी भएपनि दक्षिण कोरियाले गोल गर्न सकेन । दुवै टोलीले ८ सर्ट प्रहार गर्दा सर्ट अन टार्गेट मेक्सिकोको ४ र दक्षिण कोरियाको २ छ । पास एक्युरेसीमा पनि दक्षिण कोरिया अगाडि रह्याे ।

समूह ‘ए’ बाट ६ अंक जोड्दै मेक्सिको नकआउट चरणमा पुग्दा ३ अंक जोडेको दक्षिण कोरियाको सम्भावना कायमै छ । पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।

चेक रिपब्लिक दक्षिण कोरियासँग हार बेहोरेको थियो । २ खेलबाट समान एक अंक जोडेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाको नकआउट चरणमा पुग्ने सम्भावना पनि जिवितै छ ।

मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टोली बनेको छ । सन् २०१८ को विश्वकपमा अन्तिम–१६ सम्म पुगेको मेक्सिको सन् २०२२ मा समूह चरणबाटै बाहिरिएको थियो ।

नकआउट चरणमा ३२ टोली पुग्नेछन् । प्रत्येक समूहबाट शीर्ष दुई टोली र तेस्रो हुने मध्येबाट ८ टोली राउन्ड अफ ३२ मा प्रवेश गर्नेछन् ।

समूहको शीर्ष स्थानमा रहँदै नकआउटमा पुगेको मेक्सिकोले जुलाई १ मा मेक्सिको सिटीमा हुने राउन्ड अफ ३२ को खेलमा समूह सी, ई एफ एच वा आई मध्ये कुनै एक समूहको तेस्रो स्थानमा रहने टोलीसँग प्रतिस्पर्धा गर्नेछ।

खेलपछि मेक्सिकोका प्रशिक्षक जोभियर एगिरेले एउटा गल्तीले नै जित–हारको निर्णय भएको बताए ।

‘खेल कठिन थियो । हामी उनीहरूलाई राम्रोसँग चिन्छौं । उनीहरूले हामीमाथि धेरै दबाब सिर्जना गरे । उनीहरूले हामीलाई कुनै पनि खाली ठाउँ दिएनन्, र हामीले पनि उनीहरूलाई दिएनौं । अन्ततः खेल यस्तो बन्यो कि एउटा गल्तीले नै जित–हारको निर्णय गर्ने जस्तो महसुस भयो,’ उनले भने ।

दक्षिण कोरियाका प्रशिक्षक होङ म्युङबोले आफ्नो योजना अनुसार नै खेलेपनि गोल खानु निराशाजनक भएको उल्लेख गरे ।

उनले भने, ‘हामीले ठ्याक्कै आफ्नो योजना अनुसार नै खेल्यौँ। जुन तरिकाले हामीले गोल खायौँ, त्यो निराशाजनक थियो। हामी समूह चरणको अन्तिम खेलमा आफ्नो सम्पूर्ण शक्तिका साथ प्रस्तुत हुनेछौँ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल सुपर लिग (एनएसएल) ले नेपाली फुटबलमा अर्को कुनै लिग सञ्चालन वा गठन गर्न आफूले अनुमति नदिएको स्पष्ट पारेको छ। पछिल्लो समय सार्वजनिक भएका समाचारहरूको खण्डन गर्दै एनएसएलले मङ्गलबार (२७ अक्टोबर) एक प्रेस विज्ञप्तिमार्फत यस्तो दाबी गरेको हो। एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीद्वारा जारी विज्ञप्तिमा नेपालमा मान्यता प्राप्त एक मात्र राष्ट्रव्यापी तथा शहरमा आधारित फुटबल ...
। चितवन राइनोजले तेस्रो संस्करणको नेपाल (एनपीएल) मा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ । चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमा समेटियो । विराटनगरका लागि चितवनका बलर कमलसिंह ऐरी घातक बने । ४ ओभर बलिङ गरेको कमलले २६ रन खर्चेर ४ विकेट लिन सफल भए । रञ्जित ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारक हिमालय टेलिभिजन नेटवर्कले प्रतियोगिताका खेलहरू तीन विभिन्न भाषामा प्रत्यक्ष प्रसारण गर्ने भएको छ। दर्शकलाई आफ्नो अनुकूलताअनुसार खेलको मज्जा लिन सहज होस् भन्ने उद्देश्यले अङ्ग्रेजी, नेपाली र मैथिली भाषामा कमेन्ट्री सुन्न सकिने व्यवस्था मिलाइएको नेटवर्कले जनाएको छ। नेटवर्कका अनुसार, नेपाली भाषाको कमेन्ट्री मुख्य च्यानल हिमालय टिभीबाट प्रत्यक्ष प्रसारण हुनेछ। त्यसैगरी, ...
। स्पेनकी मिडफिल्डर एलेक्सिया पुटेलासले तेस्रो पटक महिला बालोन डी’ओर अवार्ड जितेकी छन्। उनी यो अवार्ड तीन पटक जित्ने खेलाडीको कीर्तिमानी सूचीमा स्पेनकै आइताना बोनमतीसँगै रहेकी छन्। ३२ वर्षीया पुटेलासले सन् २०२५–२६ को सिजनमा बार्सिलोनाको कप्तानी गर्दै च्याम्पियन्स लिगसहित चार उपाधि जितेकी थिइन्। त्यसपछि उनी जुलाईमा इंग्लिस महिला सुपर लिगको टोली लन्डन सिटी लायनेसमा आबद्ध भएकी ...
। इंग्ल्यान्डका कप्तान ह्यारी केनले सन् २०२६ को बालोन डी’ओर अवार्ड जितेका छन् । उनी सन् २००१ मा माइकल ओवेनपछि यो अवार्ड जित्ने पहिलो इंग्लिस खेलाडी बनेका छन्। लन्डनमा आयोजित समारोहमा विश्वकै उत्कृष्ट खेलाडी घोषित ३३ वर्षीय केन बालोन डी’ओर जित्ने पाँचौं इंग्लिस खेलाडी हुन्। यसअघि स्टान्ली म्याथ्युजले सन् १९५६, बबी चार्ल्टनले १९६६ तथा केभिन किगनले ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम