मुख्य समाचार
काठमाडौं महानगरले असोजभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिने
काठमाडौं महानगरले असोजभित्र कर बुझाउनेलाई १० प्रतिशत छुट दिने

। काठमाडौं महानगरपालिकाले कर सहभागिता बढाउन छुट योजना ल्याएको छ । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि महानगरपालिकाले आन्तरिक आयतर्फ निर्धारित लक्ष्य अनुसारको प्रगति हासिल गर्न तथा राजश्व असुलीलाई प्रभावकारी बनाउन व्यवसाय करमा नयाँ करदाता पहिचान गर्ने, करदातालाई व्यवसाय/कारोबारस्थलमा नै गई समन्वय तथा सहजीकरण गर्ने कार्यलाई प्राथमिकतामा राखेको बताएको छ ।

कार्यबाहक मेयर सुनिता डंगोलले बिहीबार सार्वजनिक गरेको बजेटमा भनिएको छ, ‘आगामी आर्थिक वर्ष २०८३/८४ मा करको दायरामा नआएका करदातालाई करको दायरामा ल्याउन असोज मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने व्यवस्था गरिएको छ,’

बजेटमा भनिएको छ, ‘असोज मसान्तभित्र बक्यौता कर चुक्ता गर्ने करदातालाई जरिबाना मिनाहा दिने कार्यक्रम समेत सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । आवासीय प्रयोजनका लागि बहालमा लगाइएका घरजग्गाको बहाल आम्दानी वार्षिक २ लाख ४० हजारभन्दा कम भएमा ५ प्रतिशत र सो भन्दा बढी बहाल आम्दानी हुने आवासीय प्रयोजनका लागि बहाल कर साविकको १० प्रतिशतबाट घटाइ ७ प्रतिशत कायम गरिएको छ । साथै करप्रतिको अपनत्व र विश्वास अभिवृद्धि गर्न केही शिर्षकमा सिफारिस दस्तुर निःशुल्क गरिएको छ ।’

कर विश्लेषण र करको दायरा वृद्धि गर्न विज्ञ सहितको सरोकारवाला निकायसँग सहकार्य गर्ने कार्यक्रमहरु प्रस्ताव पनि गरेको छ । करदातालाई वस्तुगत संघहरुसँग आवद्ध गरी दायरा फराकिलो बनाउन प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष युवा केन्द्रित स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरको आगामी आवको बजेटमा यो विषय उल्लेख छ । यसका लागि १० करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नवयुवा सहकार्य र कार्यक्रमका लागि आवश्यक बजेट विनियोजन गरिएको छ । जेनजी सहिद तथा अमर प्रहरीको नामावली सहित स्मारक निर्माण गर्न बजेट ...
। विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुप परिमार्जन गरिँदै छ । यस निम्ति आवश्यक काम अगाडि बढेको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए । ‘विद्यालय शिक्षा राष्ट्रिय पाठ्यक्रमको प्रारुपको परिमार्जनका लागि कार्यदल गठनका लागि कार्य अगाडि बढाइसकिएको छ,’ उनले प्रतिनिधिसभाको बैठकमा भने । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने ...
। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका महानिर्देशक तिर्थराज अर्याल लगायत चार जनालाई पक्राउ गरेपछि ई-पासपोर्ट खरिदको अनुसन्धान अघि बढाएको छ । सेवाग्राहीको वैयक्तिक विवरण संकलन, प्रशोधन र पासपोर्ट वितरणलाई दुईवटा प्याकेजमा विभाजित गरेर विभागले ठेक्का दिएको थियो । अख्तियारले त्यही दुईवटा प्याकेजमा भएको ठेक्काको अनुसन्धान गरिरहेको हो । सर्भर प्राविधिक रुपमा योग्यता नै नपुगेको कम्पनीलाई ठेक्का दिएको ...
। काठमाडौं महानगरपालिकाले आफ्नै अस्पताल निर्माणको घोषणा गरेको छ । महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै कार्यबाहक मेयर सुनिता डंगोलले सो घोषणा गरेकी हुन् । उनका अनसार महानगर पोषण भत्ता कार्यक्रमका लागि १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘बहालमा लिए–दिएको घरजग्गाको विवरण दर्ता प्रक्रियालाई सरल र सहज बनाउने कार्यक्रम, एकीकृत करदाता ...
। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइटी र एआइसम्बन्धी सबै जिम्मेवारी आफू मातहत राखेको गूुाासो गरेका छन् । आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक विनियोजित बजेटमाथि प्रतिनिधिसभामा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले यस्तो गुनासो गरेका हुन् । ‘प्रधानमन्त्रीले आईटीसम्बन्धी, एआईसम्बन्धी सबै जिम्मेवारी पहिले सञ्चार मन्त्रालयमा थियो । अहिले त्यहाँबाट तानेर ...