मुख्य समाचार
कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी
कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी

। कुवेतको जेलमा ६३ जना नेपाली रहेको सरकारले जानकारी गराएको छ । बिहीबार प्रतिनिधिसभामा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले यसबारे जानकारी गराएका हुन् ।

उनले कुवेतको जेलमा सयौं नेपाली रहेको भनेर हल्ला फैलाइएको र यसमा सत्यता नभएको पनि स्पष्ट पारे । उनले भने, ‘हाल कुवेतको जेलमा जम्मा ६३ जना नेपाली नागरिकहरू विभिन्न अभियोगमा थुनामा रहेकोमा तीमध्ये सातजना महिला रहेका छन् ।’

उनले नेपाली दूतावासमार्फत ७० जना महिलाहरूको उद्धार भइसकेको र उनीहरू स्वदेश फर्किनेक्रममा रहेको बताए । त्यस्तै उनले घरेलु कामदारको रुपमा काम गर्न गएकी सर्मिला दर्जीलाई दूतावासको पहलमा उद्धार गरी असार १ गते काठमाडौं फर्काइएको पनि सुनाए ।

विभिन्न घटनाहरू भइरहे पनि अवैध मार्ग हुँदै भिजिट भिसाको दुरुपयोग गरी कुवेत, साउदी, ओमानजस्ता मुलुकमा महिलाहरू घरेलु कामदार बनेर जानेक्रम नरोकिएको उनको भनाइ छ ।

तत्कालीन संघीय प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिबाट २०७३ चैत २० गते ‘सम्बन्धित मुलुकले घरेलु श्रमिक सम्बन्धी ठोस कानुन नबनाउँदासम्म र नेपालसँग द्विपक्षीय श्रम सम्झौता नगर्दासम्म खाडी मुलुकमा नेपाली घरेलु श्रमिक पठाउने कार्य पूर्णतः बन्द गर्न नेपाल सरकार, मन्त्रिपरिषद्लाई निर्देशन दिने’ निर्णय गरेपश्चात घरेलु कामदारको रूपमा जान बन्देज लागेको उनको भनाइ छ । उनले यसलाई छिटै सम्बोधन गर्नुपर्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
। नेपालमा भोटेकोशी बाढीपीडितको सहयोगार्थ ३०० बढी नेपाली धावक लन्डनको प्रमुख हाफ म्याराथन ‘द बिग हाफ म्याराथन २०२६’ मा सहभागी भएका छन् । यस वर्ष दौड्ने नेपाल रन यूके आवद्ध हरेक नेपालीले म्याराथनलाई नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडित तथा उनीहरूका परिवारप्रति समर्पित गरे । हाफ म्याराथनलाई नेपाली धावकहरुले आफ्नो मातृभूमिप्रतिको ऐक्यबद्धता, सहानुभूति र सहयोगको एक सशक्त ...
। रसुवाको भोटेकोशी बाढीबाट जीवन गुमाएकाहरूको सम्झनामा लन्डनस्थित नेपाली दूतावासमा स्मृति सभा आयोजना गरिएको छ । मंगलबार बेलुका दीप प्रज्वलनसहित सुरु गरिएको स्मृति सभामा मृतकहरूको सम्झनामा मौन धारण गरिएको थियो । स्मृति सभामा हाल बेलायतमा अध्ययनरत युवा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो । स्मृति सभालाई सम्बोधन गर्दै बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले नेपाल सरकारले खोजी, उद्धार तथा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम