। आगामी आर्थिक वर्षको मन्त्रालयगत बजेटमाथिको छलफल जारी छ ।
बिहीबार मन्त्रीहरूले प्रतिनिधिसभा बैठकमा सांसदहरूले विनियोजित बजेटमाथि उठाएका प्रश्नहरूको जवाफ दिइरहेका छन् ।
आजै बजेट पास गर्नेगरी तयारी अघि बढाइएको छ । धेरैजसो मन्त्रीहरूले जवाफ पनि दिइसकेका छन् ।
बजेट पास गर्नका लागि मन्त्रीहरूले जवाफ दिँदैगर्दा संसद् बैठकका धेरैजसो कुर्सीहरू भने खाली देखिएका छन् ।