मुख्य समाचार
काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन
काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन

। काठमाडौंमा ‘अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ आयोजना गर्न काठमाडौं महानगरपालिकाले बजेट विनियोजन गरेको छ ।

बिहीबार सार्वजनिक गरिएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा यसबारे उल्लेख गरिएको हो । काठमाडौं महानगरभित्र निजी तथा सार्वजनिक भौतिक संरचनाहरूको बीमा प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्ने घोषणा बजेटमा गरिएको छ ।

त्यसैगरी ‘नगर–नगर साझेदारी कार्यक्रम’ का लागि आवश्यक बजेटको व्यवस्था गरेको काठमाडौं महानगरले बिहीबार सार्वजनिक गरेको बजेटमा उल्लेख छ ।

रात्रिकालीन यातायात सेवा सञ्चालनलाई निरन्तरता दिन, पिउने पानीको व्यवस्थासँगै आवश्यक स्थानमा सार्वजनिक शौचालय व्यवस्थापनका लागि बजेट विनियोजन गरेको छ । पशु बधशाला निर्माण गर्न तथा एग्रो पुलिङका कार्यक्रम सञ्चालन गर्न आवश्यक बजेट छुट्याइएको छ ।

‘बागमती प्रदेश सरकारसँग समन्वय गरी काठमाडौं महानगरपालिकालाई सांस्कृतिक सहर घोषणा गर्न आवश्यक प्रबन्ध गरिएको छ ।

काठमाडौं महानगरपालिका क्षेत्रभित्र विपद् व्यवस्थापन कार्य थप प्रभावकारी एवं साधनस्रोत सम्पन्न गराउन बजेट विनियोजन गरिएको छ ।

त्यसैगरी काठमाडौं महानगरपालिका मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८३, बढ्दो तापक्रम प्रभाव न्यूनीकरण कार्यक्रम कार्यान्वयन गर्न आवश्यक व्यवस्था मिलाइएको पनि उल्लेख छ ।

नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण गर्न तथा पार्क निर्माण गर्न आवश्यक बजेट व्यवस्था गरिएको बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र विकास बोर्डलाई सबै चलचित्रकर्मीको साझा संस्था बनाउँदै चलचित्र क्षेत्रको विकासका लागि ठोस काम गर्न आग्रह गरेका छन् । बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितलाई आज मन्त्रालयलमा नियुक्तिपत्र हस्तान्तरणका अवसरमा उहाँले चलचित्रकर्मीहरूले बोर्ड सबैको साझा हुन सकेन भन्ने गुनासो रहेको उल्लेख गर्र्दै चलचित्रकर्मीहरूले वर्तमान सरकारबाट ठूलो अपेक्षा राखेको बताए । ‘चलचित्र ...
हलिउडका दिग्गज अभिनेता टम स्केरिटको निधन भएको छ । उनी ९३ वर्षका थिए । ‘एलियन’ र ‘टप गन’ जस्ता चर्चित फिल्ममा निर्वाह गरेका सम्झनलायक भूमिकाका कारण उनी दर्शकमाझ लोकप्रिय थिए । एमी अवार्ड विजेता स्केरिट टेलिभिजन शृङ्खला ‘पिकेट फेन्सेस’मा अभिनय गरेपछि झनै चर्चित बनेका थिए । छ दशक लामो अभिनय यात्रामा स्केरिटले फिल्म र टेलिभिजन दुवै ...
रियालिटी टेलिभिजन स्टार काइली जेनरले ५० मिलियन अमेरिकी डलर (करिब सात अर्ब ५९ करोड ७९ लाख रुपैयाँ) मूल्यको ब्रा लगाएर भिक्टोरियाज सिक्रेट फेसन शोमा डेब्यु गरेकी छन् । उनको यो प्रस्तुतिलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । मेकअप उद्योगकी चर्चित हस्ती जेनरले आइतबार लन्जरी ब्रान्ड भिक्टोरियाज सिक्रेटको वार्षिक फेसन शोमा सबैको ध्यान खिचिन् । डिजाइनरका ...
: बलिउड अभिनेता आमिर खानका भान्जा तथा एक्टर इमरान खानलाई भारतको फरेनर्स रिजनल रजिष्ट्रेशन अफिसले नोटिस जारी गर्दै आगामी अक्टोबर २८ भित्र देश छाड्न निर्देशन दिएको छ। मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध आयोजना गरिएको एक राजनीतिक विरोध प्रदर्शनमा सहभागी भई 'फरेनर्स एक्ट' (विदेशी सम्बन्धी ऐन) को उलंघन गरेको आरोपमा उनीमाथि यो कारबाही अघि बढाइएको हो। यो मामला ...
: भारतीय सिनेमाका वरिष्ठ तथा बहुप्रतिभावान अभिनेता नाना पाटेकर (विश्वनाथ पाटेकर) को ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउला क्षेत्रमा रहेको आफ्नै निवासमा बेहोस अवस्थामा भेटिएपछि उनलाई तत्काल अस्पताल लगिएको भए पनि चिकित्सकहरूले मृत घोषणा गरेका थिए। अस्पतालका डाक्टरहरूले उनलाई होसमा ल्याउन करिब ४५ मिनेटसम्म लगातार सीपीआर दिएर बचाउने कोसिस गरे पनि कुनै ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम