मुख्य समाचार
मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध
मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध

। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले समयानुकूल र प्रभावकारी कानुनहरु निर्माण गर्न मन्त्रीहरुलाई अनुरोध गरेकी छन् ।

बुधबार विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, अर्थ मन्त्रालय, गृह मन्त्रालय तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आगामी दिनमा आवश्यक पर्ने कानून निर्माणका विषयमा छलफल गर्दै मन्त्री गौतमले प्राथमिकताक्रम निर्धारण गरी विधेयकहरु तयार गर्न आग्रह गरेकी हुन् ।

कानुन मन्त्रालयमा भएको छलफलमा गृह मन्त्री सुधन गुरुङ, उर्जामन्त्री विराजभक्त श्रेष्ठ, विज्ञान प्रविधि मन्त्री महावीर पुन र अर्थ मन्त्रालयका सचिवदेखि पदाधिकारी सहभागी थिए ।

‘विधेयकको सूचीहरु तयार गर्नुस् । मन्त्रालयसँग सम्बन्धित भएर आमरुपमा उठेका चासोलाई समेट्नुस् । प्राथमिकताहरु छुट्या्उनुस् । समयमै पठाउनुस् । पछि बीचमा विधेयक ल्याउन पाइँदैन,’ मन्त्री गौतमले भनिन् ।

मन्त्रालयहरूको लक्ष्य र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक कानूनी आधार तयार हुनुपर्ने उनको भनाइ थियो । लक्ष्यलाई व्यवहारमा रूपान्तरण गर्ने माध्यम कानून नै भएको उल्लेख गर्दै मन्त्री गौतमले प्राथमिकताका आधारमा स्पष्ट कार्यतालिका तयार गरी कानून निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिइन् ।

विज्ञान मन्त्री पुनले मन्त्रालय हाल अवधारणा विकास तथा नीति तयारीको चरणमा रहेको जानकारी दिँदै सरोकारवालाहरूसँग निरन्तर छलफल भइरहेको बताए । उनले प्राथमिकताका क्षेत्र पहिचान गर्ने काम भइरहेको उल्लेख गर्दै दिगो विकासका लागि अनुसन्धान र नवप्रवर्तन अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

गृह मन्त्री गुरुङले प्राप्त सुझाव तथा प्रतिक्रियाहरूलाई मन्त्रालयले सकारात्मक रूपमा लिएको बताउँदै विद्यमान पुराना कानूनका कारण कतिपय सुधारका प्रयासमा चुनौती देखिएको उल्लेख गरे । उनले सुशासन प्रवर्द्धनका लागि आवश्यक गृहकार्य भइरहेको जानकारी दिँदै दीर्घकालीन, स्थिर तथा व्यवहारिक कानून निर्माणमा जोड दिए ।

ऊर्जा मन्त्री श्रेष्ठले कानून निर्माण मात्र नभई त्यसको प्रभाव र कार्यान्वयनको परिणामलाई समेत ध्यान दिनुपर्ने उल्लेख गरे । विधायन ऐन, २०८१ को मर्मअनुसार कानून निर्माण प्रक्रियामा कानून मन्त्रालयले प्रभावकारी नेतृत्व र स्वामित्व ग्रहण गरेको भन्दै उनले प्रशंसा गरे ।

मन्त्री श्रेष्ठले ऊर्जा तथा लगानीसँग सम्बन्धित क्षेत्रमा विद्यमान कानूनी व्यवस्थाले वर्तमान आवश्यकता पूर्ण रूपमा सम्बोधन गर्न नसकेको उल्लेख गर्दै समयानुकूल सुधारको आवश्यकता औँल्याए । विकास र वातावरण संरक्षणबीच देखिने द्वन्द्वलाई सन्तुलित रूपमा सम्बोधन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो । समाजको वास्तविक अवस्था र राज्यले हासिल गर्न खोजेको लक्ष्यबीच अझै ठूलो दूरी रहेको उल्लेख गरे ।

अर्थ मन्त्रालयका प्रतिनिधिले आवश्यक विषयहरूको सूची तथा सुझावहरू चाँडै उपलब्ध गराइने जानकारी दिँदै सम्बन्धित विषयमा तयारी र छलफल भइरहेको बताए । समन्वयात्मक ढंगले काम अगाडि बढाउने उनीहरुको प्रतिबद्धता थियो । अर्थमन्त्री उपत्यका बाहिर भएकाले उपस्थित हुन सकेनन् ।

कानुन मन्त्री गौतमले सरकारको सय बुँदे कार्ययोजनाअनुसार सेवा प्रवाहलाई चुस्त बनाउन आवश्यक कानुनहरुको निर्माण तथा भएका कानुनमा सशोधनका लागि विधेयकहरु निर्माण गर्न अन्तर मन्त्रालय छलफल गरिरहेकी छिन् । साथै विधायन ऐनअनुसार आगामी आवमा सदनमा पेस गर्ने विधेयकहरुको सूची असार मसान्तभित्र बुझाउन भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। बैतडीमा बस दुर्घटना भएको छ । धनगढीबाट बैतडी गइरहेको सुप प्र ०१ ००१ ख ३६४६ बस आज अप्रान्ह ५:४५ बजे जिल्लाको दशरथचन्द नहरपालिका–४ शाहिलेक नजिक दुर्घटना भएको हो । बस सडकबाट करिब २५ मिटर तल खसेको छ । घटनास्थलमा प्रहरी र स्थानीयले उद्धार गरिरहेको र थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपानेले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छिन् । शुक्रबार संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् । सांसद न्यौपानेले चितवनमा आयोजना हुने महाधिवेशनलाई देश–विदेशबाट चासोका साथ हेरिएको ...
। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी आर्थिक वर्षमा संसद्‌मा पठाउने विधेयकहरूबारे मन्त्रालयगत छलफल सकाएको छ । कानुनमन्त्री सोबतिा गौतमले विभिन्न मन्त्रालयका मन्त्री, सचिव एवं अन्य कर्मचारीहरूसँग दैनिक छलफल गरेकी थिइन् । संसद्मा पठाउने कानुनहरूबारे मन्त्रालयले कसरी काम गरिरहेको छ ? र कस्ता विधेयकको प्राथमिकीकरणमा राखिएको छ ? भन्नेबारे मन्त्री गौतमले छलफल गरेकी थिइन् । विधायन ऐनअनुसार ...
। राहदानी छपाइसम्बन्धी कार्यमा अनियमितता गरेको कसूरमा अनुसन्धानका लागि पक्राउ परेका तीर्थराज अर्यालसहित चारजनाविरुद्ध ४ दिन म्याद थपका लागि विशेष अदालतले अनुमति दिएको छ । विशेष अदालतका न्यायाधीशद्वय नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले उनीहरूमाथि अनुसन्धानका लागि दोस्रो पटक ५ दिनको म्याद थपको अनुमति दिएको हो । प्रतिवादीहरूमा तीर्थराज अर्याल, सुनील कुमार केसी, तुलसीप्रसाद आचार्य र ...
। उच्च अदालत पाटनले पनि व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको संयुक्त इजलासले बैंकिङ कसुर मुद्दामा अन्तिम आदेश जारी गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । यसअघि विशेष अदालतले सम्पत्ति शुद्धीकरणको मुद्दामा भट्ट र अग्रवाललाई थुनामा पठाउने आदेश दिइसकेको ...